माघ ११, २०८२ आइतबार | १८:४१:२५
नेपाललाई चौथो स्थान, दोस्रो हुनबाट चुक्यो भुटान एपिएफको अपराजित यात्रा कायमै, एनआरटीको लगातार जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको प्रारम्भिक टोली घोषणा गुरुङलाई राष्ट्रिय यु–२० महिला टोलीको जिम्मेवारी बंगलादेशलाई साफ महिला फुटसल च्याम्पियनसिपको उपाधि इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने नेपाललाई चौथो स्थान, दोस्रो हुनबाट चुक्यो भुटान एपिएफको अपराजित यात्रा कायमै, एनआरटीको लगातार जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको प्रारम्भिक टोली घोषणा गुरुङलाई राष्ट्रिय यु–२० महिला टोलीको जिम्मेवारी बंगलादेशलाई साफ महिला फुटसल च्याम्पियनसिपको उपाधि इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने

एपिएफको अपराजित यात्रा कायमै, एनआरटीको लगातार जित

काठमाडौं । एन्फा राष्ट्रिय लिगमा आइतबार नेपाल एपिएफ क्लब र न्युरोड टिम(एनआरटी)ले विजयी हासिल गरेका छन् ।

दिनको पहिलो खेलमा एनआरटीले फ्रेन्ड्स क्लबलाई १-० ले हरायो । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा एनआरटीलाई जित दिलाउन आशिष गुरुङले ६७औं मिनेटमा निर्णायक गोल गरे ।

लिगमा एनआरटीको यो लगातार तेस्रो जित हो । जितसँगै एनआरटीले शीर्ष स्थानका दुई टोली एपिएफ र लालिगुँरास युवा क्लबसँग अंकमा बराबरी गरेको छ । यद्यपि एनआरटीले एक खेल बढी खेलेको छ । तीनवटै क्लबको ९ अंक छ । दोस्रो हार बेहोरेको फ्रेन्ड्सको चार अंक छ ।


एपिएफले आइतबार संकटा क्लबसँग २-१ को विजयी हासिल गरेसँगै आफ्नो अपराजित यात्रालाई कायमै राख्यो । त्रिपुरेशवरस्थित दशरथ रंगशालामा एपिएफका लागि प्रदीप लामा र युवराज खत्रीले ‘स्कोरसीट’मा आफ्नो नाम लेखाए । निर्धारित समय सकिन ९ मिनेट बाँकी छँदा गणेश हमालले संकटाका लागि गोल फर्काएका थिए । तर, उक्त गोल सान्त्वना मात्र बन्न पुग्यो ।

दिनको तेस्रो खेल दशरथ रंगशालामा साँझ ६ः३० बजे हुनेछ । उक्त खेलमा जावलाखेल युवा कलब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate