माघ ८, २०८२ बिहीबार | १५:५४:३२
नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित

नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक

काठमाडौं । नेपाल साफ फुटसल च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ । बिहीबार आफ्नो चौथो खेलमा माल्दिभ्ससँग २-१ को हार बेहोरेसँगै शीर्ष स्थानमा रहेर च्याम्पियन बन्ने नेपालको गणितीय सम्भावना सक्किएको हो ।

बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा माल्दिभ्सलाई दबाबमा राखेपनि गोल गर्न नसक्दा एक खेलअगावै नेपाल उपाधि होडबाट बाहिरिएको हो । यसअघि नेपालले एकमा जित र दुईमा बराबरी नतिजा आत्मसात गरेको थियो ।

माल्दिभ्सको यो लगातार चौथो जित हो । च्याम्पियन बन्न माल्दिभ्सलाई अब मात्र एक अंकको आवश्यकता छ । बिहीबार दिनको दोस्रो खेलमा पाकिस्तान र बंगलादेशले बराबरी खेले माल्दिभ्स दुई खेलअगावै च्याम्पियन बन्नेछ ।

पहिलो हाफमा नेपाल माल्दिभ्सलाई गोलरहित बराबरीमा रोक्न सफल रह्यो । दोस्रो हाफको तेस्रो मिनेटमा माल्दिभ्सले अन्ततः अग्रता लियो ।

नेपालका ‘आला’ अमित लामाले फिक्सो तथा कप्तान विजयी श्रेष्ठलाई दिएको पास माल्दिभ्सका आसिफ अहमद चौधरीले खोसे । अनि राइट साइडमा रहेका हम्जा नुसरतलाई पास दिए । पास दिने क्रममा बल रोक्न अगाडि बढेका गोलकिपर पदम तामाङ बिट भए । खाली पोस्टमा गोल गर्न नुसरतलाई कुनै गाह्रो भएन ।

गोल खाएको अर्को मिनेटमै नेपाल खेलमा फर्कियो । अमितले आफूलाई ‘रिडिम’ गर्दा नेपालको गोल सम्भव भयो । उनको पासमा पिभोट विक्रान्त नरसिंह रानाले गोल गरे ।

३३औं मिनेट- खेलको टर्निङ पोइन्ट बन्यो । यसपाली पनि अमित ‘सेन्टर अफ अट्र्याक्सन’ रहे । दोस्रो गोलको प्रयासमा रहेका हम्जालाई अमितले पछाडिबाट फउल गरेर लडाए । रेफ्रीले अमितलाई रातो कार्ड देखाए । माल्दिभ्सले पेनाल्टी बक्सको करिब फ्रिकिक प्राप्त गर्यो । जसमा कप्तान मुहम्मद हस्सन जफर गोल गर्न सफल रहे । उनको प्रहारले दोस्रो बारको जाली चुमेको थियो ।

नेपालले आफ्नो पाँचौं खेलमा शनिबार बंगलादेशको सामना गर्नेछ ।
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate