काठमाडौं । एन्फा राष्ट्रिय लिगमा नेपाल एपिएफ क्लबले चर्च ब्वाइज युनाइटेडमाथि ४-१ को सहज जित हासिल गरेको छ ।
बिहीबार च्यासल रंगशालामा सम्पन्न दिनको पहिलो खेलमा एपिएफलाई जित दिलाउन युवराज खड्काले दुई तथा समीराज थोकर र प्रदीप लामाले एक–एक गोल गरे । चार गोलले पछाडि परेको अवस्थामा चर्च ब्वाइजका लागि मिलन राईले सान्त्वना गोल फर्काए ।
लगातार दोस्रो जितसँगै एपिएफले शीर्ष स्थानको लालिगुँरास एसोसिएसन क्लबसँग अंक र गोल भिन्नतामा बराबरी गरेको छ ।
दिनको दोस्रो खेलमा संकटा एफसी र फ्रेन्ड्स क्लब आमने–सामने हुनेछन् । दिउँसो ३ बजे हुने यो खेल च्यासल रंगशालामा हुनेछ । सोही समयमा न्युरोड टिम (एनआरटी) र काँक्रे बिहार क्लबको भेट एन्फा मुख्यालय मैदानमा हुनेछ ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
