काठमाडौं । जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बेल्जियम क्लब युनियन सेन्ट गिलोइसलाई २–० ले हराउँदै १० खेलाडीमा सिमित बायर्नले क्वार्टरफाइनलको टिकट काटेको हो ।
बायर्नका जितमा ह्यारी केनले दुई गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिदा दुबै गोल दोस्रो हाफमा भएको थियो । केनले चार मिनेटभित्र दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।
माइकल ओलिसको पासमा ५२औं मिनेटमा केनले गोलको खडेरी तोडेका थिए । ५५औं मिनेटमा प्राप्त पेनाल्टीमा केनले नै दोस्रो गोल गरेका थिए ।
खेलको ६३औं मिनेटमा किम मिन जाइले रातो कार्ड पाउँदा बायर्न १० खेलाडीमा सिमित बनेको थियो ।
७ खेलपछि १८ अंक जोडेको बार्यन दोस्रो स्थानमा छ । ३ अंक बढी जोडेको आर्सनल तालिकाको शीर्ष स्थानमा छ । १५ अंकको रियाल तेस्रो र गोलअन्तरमा पछि परेको लिभरपुल चौथो स्थानमा छन् ।
यता, राति नै भएको खेलमा लगातार १३औं खेलको अपराजित यात्रा कायम राख्दै लिभरपुल अन्तिम १६ नजिक पुगेको छ । लिभरपुलले राति मार्सलीलार्य ३–० ले हरायो ।
