फाल्गुन ५, २०८२ मंगलबार | ०७:५५:३३
स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै नामिबीयासँग हारे पाकिस्तान बाहिरिने स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै नामिबीयासँग हारे पाकिस्तान बाहिरिने

पाकिस्तानविरुद्ध नेपालको सानदार जित

काठमाडौं । उपाधि होडबाट बाहिरिसकेको नेपालले साफ महिला फुटसल च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध ५-१ को सानदार जित हासिल गरेको छ ।

बुधबार बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा सम्पन्न आफ्नो पाँचौं खेलमा अनिता केसी, जेनिफर रानामगर र मनिषा थापामगरले सानदार खेल प्रस्तुत गरे । दुई गोलमा असिस्ट प्रदान गरेकी अनिताले नेपालको सुरुआती गोलमा पनि अहम भूमिका खेलिन् । त्यस्तै जेनिफरले एक गोल र दुई असिस्ट तथा मनिषाले दुई गोल गरिन् । जितसँगै नेपाल पाँच खेलमा सात अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा उक्लियो ।

हारसँगै पाकिस्तान पनि उपाधि होडबाट बाहिरिएको छ । पाकिस्तानको पनि ७ अंक छ । शीर्ष स्थानको बंगलादेशले चार खेलबाट १० अंक जोडिसकेका कारण पाकिस्तानको सम्भावना सकिएको हो ।

नेपाललाई जित दिलाउन मनिषा र जेनिफरबाहेक दीपा राई र रोशनी बोहरा क्षेत्रीले समान एक गोल गरे । पाकिस्तानका लागि अज्वा चौधरीको गोल सान्त्वना बन्न पुग्यो ।

नेपालले पहिलो हाफमा ३-० को अग्रता लिएको थियो । खेलको तेस्रो मिनेटमा अनिताको प्रहार आलिया सादिकसँग डिफ्लेक्ट हुँदै मनिषासम्म आइपुगेको थियो । जसमा उनी गोल गर्न सफल भइन् । ६ मिनेटपछि मनिषाले जेनिफरसँगको ‘कम्बिनेसन प्ले’मा गोल गरिन् ।

अब गोल गर्ने पालो थियो रोशनीको । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेकी रोशनीले अनिताको पासलाई सदुपयोग गरिन् । उनको राइट फुटेड सुन्दर प्रहारले दोस्रो बारको जाली चुमेको थियो ।

दोस्रो हाफको आठौं मिनेटमा अज्वाले गोल फर्काइन् । उनको राइट फुटेड प्रहारमा नेपाली गोलकिपर सावित्री किसन बिट भइन् । ३२औं मिनेटमा जेनिफरको पासमा दीपाले हेर्नलायक ‘ब्याकहिल’ गोल गरिन् । चार मिनेटपछि अनिताको पासमा जेनिफरले खेललाई ५-१ को स्थितिमा पुर्याइन् ।

नेपालले आफ्नो अन्तिम खेलमा आइतबार भुटानसँग खेल्नेछ । पाकिस्तानले आफ्नो अन्तिम खेलमा शुक्रबार बंगलादेशको सामना गर्नेछ ।
 


भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL