माघ ६, २०८२ मंगलबार | २०:५३:२८
एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी

साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

काठमाडौं । पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ सम्म हुने साफ महिला यु-१९ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ ।

मंगलबार सुमन श्रेष्ठको नेतृत्वमा रहेको प्रशिक्षण टिमले १७ दिनको छनोटपछि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।

गत पुस १८ गते ६७ सदस्यीय प्रारम्भिक टोली तयार पारिएको थियो । पुस २० र २१ गते दुई दिनको छनोटपछि दोस्रो चरणका लागि ४९ खेलाडी छानिए । दोस्रो चरणको छनोट चार दिन चल्यो । त्यसपछि फाइनल चरणका लागि ३५ सदस्यीय टोली बन्द प्रशिक्षणमा बसेका थिए ।

श्रेष्ठको अन्तिम टोलीमा अटाएका ६ खेलाडीसँग अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव छैन । बाँकी सबैले अन्तर्राष्ट्रिय एक्सपोजर पाइसकेका छन् । टोलीमा गत अक्टोबरमा थाइल्यान्डमा सम्पन्न एएफसी यु-१७ एसियन कप छनोट खेलेका १२ जना खेलाडी छन् । त्यस्तै यु-१५ देखि नेपालको जर्सी लगाउँदै आएका सेन्ट्रल मिडफिल्डर सुशिला केसी, अट्याकिङ मिडफिल्डर सेनु परियार, फरवार्ड वर्षा ओली र सेन्टरब्याक माया मास्केले लगातार तेस्रोपटक माथिल्लो उमेर समूहको साफ च्याम्पियनसिपमा स्थान बनाएका छन् ।

यी चार खेलाडीले छैटौं पटक उमेर समूहमा देशको प्रतिनिधित्व गर्दै छन् । साफबाहेक यी खेलाडीले एएफसी यु-१७/२० छनोट प्रतियोगिता पनि खेलेका थिए । यु–२० खेलिसकेका चार खेलाडीलाई टिममा राख्न पाउने नियम रहेका कारण सुशिला, सेनु, माया र वर्षाले फेरि एकपटक माथिल्लो उमेर समूहमा देशको प्रतिनिधित्व गर्ने सौभाग्य पाएका हुन् ।

नेपालको पहिलो खेल भारतसँग
आजै साफले  चार राष्ट्रको सहभागिता रहने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार नेपालले प्रतियोगिताको पहिलो दिन दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ । खेल दिउँसो ३ बजे हुनेछ । त्यसअघि उद्घाटन खेलमा बंगलादेशले भुटानसँग खेल्ने तालिका छ ।

दिन बिराएर हुने प्रतियोगितामा नेपालले फेब्रुअरी २ मा भुटानको सामना गर्नेछ । त्यसपछि फेब्रुअरी  ४ मा बंगलादेशसँग खेल्नेछ । सिंगल राउन्ड रोविन लिगपछि अंकतालिकाको शीर्ष दुईमा अटाउने टोलीले फाइनलमा स्थान बनाउनेछन् । सबै खेल पोखरा रंगशालामा हुनेछन् ।

सिनियरतर्फ तीनपटक र तल्लो उमेर समूहतर्फ एकपटक साफ महिला च्याम्पियनसिपको आयोजना गरेको नेपालले पहिलो पटक माथिल्लो उमेर समूहमा साफ टोलीको आतिथ्यता गर्दैछ ।

यसअघि सन् २०२४ मा नेपालले साफ यु-१६ च्याम्पियनसिप आयोजना गरेको थियो । त्यही वर्ष सिनियरतर्फ पनि नेपालले आयोजनाको अवसर पाएको थियो ।

माथिल्लो उमेर समूहमा नेपाल तीनपटक उपविजेतामा सीमित भएको छ ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate