माघ ५, २०८२ सोमबार | ००:१२:३२
एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछः महासचिव राई एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछः महासचिव राई एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो

एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी

काठमाडौं । एन्फा राष्ट्रिय लिगमा आइतबार संकटा एफसी, एपिएफ एफसी र जावलाखेल युवा क्लबले आ-आफ्ना खेलमा विजयी हासिल गरेका छन् ।

च्यासल रंगशालामा बिहान ११ बजे भएको पहिलो खेलमा संकटाले काँक्रेबिहार क्लबमाथि ४-० को सहज जित हासिल गर्यो । संकटाको जितमा अनिश महर्जन, कृष्ण बहादुर आले, विशाल तामाङ र वेन्डपाङ्गा गिलबेर्ट बिल्गोले समान एक गोल गरे ।

च्यासल मैदानमै दिउँसो ३ बजेको खेलमा एपिएफले फ्रेन्ड्स क्लबलाई १-० ले हरायो । खेलको २५औं मिनेटमा खेमराज श्रेष्ठले गरेको आत्मघाती गोल निर्णायक बन्दा एपिएफले तीन अंक सुनिश्चित गर्यो ।

दिउँसो ३ बजे नै सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा भएको खेलमा जावलाखेलले श्री भगवतीलाई ४-० ले निराश पार्यो । जावलाखेलको जितमा निकोलस ओडाने ह्यामिल्टन र धर्मेन्द्र कुंवरले समान दुई गोल गरे ।

प्रतियोगिताको छैटौं दिन सोमबार तीन खेल हुनेछन् । एन्फा मुख्यालय मैदानमा बिहान ११ बजे हुने पहिलो नव जन जागृति क्लबले लालिगुँरास एसोसिएसनसँग खेल्नेछ ।

दोस्रो खेलमा न्युरोड टिम(एनआरटी) र सातदोबाटो युवा क्लब आमने–सामने हुनेछन् । खेल दिउँसो २ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । यो खेलपछि यही रंगशालामा मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate