फाल्गुन २८, २०८२ बिहीबार | ००:५२:२०
थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल

नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो

काठमाडौं । साफ फुटसल च्याम्पियनसिपमा अन्तिम साढे एक सेकेन्ड आफूलाई सम्हाल्न नसक्दा नेपालले भारतलाई एक अंक उपहार दिएको छ ।

आइतबार बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा सम्पन्न दिनको पहिलो खेलमा नेपालले तीन पटक आफ्नो अग्रतालाई जोगाउन सकेन ।

निर्धारित समयको अन्तिम ५५ सेकेन्ड बाँकी रहँदा कप्तान विजयी श्रेष्ठको गोलमा नेपालले ३–२ को अग्रता लिएको थियो । तर, साढे एक सेकेन्ड बाँकी छँदा निखिल मालीले नेपाली गोलकिपर पदम तामाङलाई बिट गरे । गोल पश्चात् ०.५५ सेकेन्डको खेल बाँकी रह्यो ।

खेलको पाँचौं मिनेटमा पिभोट विक्रान्त नरसिंह राणाको गोलमार्फत नेपालले सुरुआती अग्रता लिएको थियो । उनले ‘आला’ अमित लामाको पासलाई सदुपयोग गरे । छैटौं मिनेटमै लालरिन्ज्वालाले बराबरी गोल फर्काए । दोस्रो हाफको चौथो मिनेटमा अमितको सुन्दर टच नेपालको दोस्रो गोलको प्रमुख आधार बन्यो । यसपाली विक्रान्तले चलाखीपूर्ण ढंगमा अमितलाई पास मिलाइदिएका थिए ।

निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा अनमोल अधिकारीले भारतलाई २–२ को बराबरीमा ल्याएका थिए । जतिबेला अनमोलबाट गोल भयो, भारतीय टोलीमा जितको आशा पलाएको थियो । त्यसैले गोलकिपर ओजेन सिल्भा आफ्नो पोजिसन छाडेर आक्रमणका लागि आएका थिए । जसको फाइदा नेपालका कप्तान विजयी श्रेष्ठले लिएका थिए ।

नेपालले यसअघि आफ्नो पहिलो खेलमा श्रीलंकासँग २–१ को विजयी हासिल गरेको थियो । भारतको यो लगातार दोस्रो बराबरी हो । यसअघि भारतले बंगलादेशसँग ४–४ को बराबरी खेलेको थियो ।

नेपालले मंगलबार पाकिस्तानसँग खेल्ने तालिका छ । सोही दिन भारतको भेट ६ अंकसहित शीर्ष स्थानमा रहेको माल्दिभ्ससँग हुनेछ ।
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||