माघ ४, २०८२ आइतबार | १७:४९:३२
एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार

नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो

काठमाडौं । साफ फुटसल च्याम्पियनसिपमा अन्तिम साढे एक सेकेन्ड आफूलाई सम्हाल्न नसक्दा नेपालले भारतलाई एक अंक उपहार दिएको छ ।

आइतबार बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा सम्पन्न दिनको पहिलो खेलमा नेपालले तीन पटक आफ्नो अग्रतालाई जोगाउन सकेन ।

निर्धारित समयको अन्तिम ५५ सेकेन्ड बाँकी रहँदा कप्तान विजयी श्रेष्ठको गोलमा नेपालले ३–२ को अग्रता लिएको थियो । तर, साढे एक सेकेन्ड बाँकी छँदा निखिल मालीले नेपाली गोलकिपर पदम तामाङलाई बिट गरे । गोल पश्चात् ०.५५ सेकेन्डको खेल बाँकी रह्यो ।

खेलको पाँचौं मिनेटमा पिभोट विक्रान्त नरसिंह राणाको गोलमार्फत नेपालले सुरुआती अग्रता लिएको थियो । उनले ‘आला’ अमित लामाको पासलाई सदुपयोग गरे । छैटौं मिनेटमै लालरिन्ज्वालाले बराबरी गोल फर्काए । दोस्रो हाफको चौथो मिनेटमा अमितको सुन्दर टच नेपालको दोस्रो गोलको प्रमुख आधार बन्यो । यसपाली विक्रान्तले चलाखीपूर्ण ढंगमा अमितलाई पास मिलाइदिएका थिए ।

निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा अनमोल अधिकारीले भारतलाई २–२ को बराबरीमा ल्याएका थिए । जतिबेला अनमोलबाट गोल भयो, भारतीय टोलीमा जितको आशा पलाएको थियो । त्यसैले गोलकिपर ओजेन सिल्भा आफ्नो पोजिसन छाडेर आक्रमणका लागि आएका थिए । जसको फाइदा नेपालका कप्तान विजयी श्रेष्ठले लिएका थिए ।

नेपालले यसअघि आफ्नो पहिलो खेलमा श्रीलंकासँग २–१ को विजयी हासिल गरेको थियो । भारतको यो लगातार दोस्रो बराबरी हो । यसअघि भारतले बंगलादेशसँग ४–४ को बराबरी खेलेको थियो ।

नेपालले मंगलबार पाकिस्तानसँग खेल्ने तालिका छ । सोही दिन भारतको भेट ६ अंकसहित शीर्ष स्थानमा रहेको माल्दिभ्ससँग हुनेछ ।
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate