काठमाडौं । एन्फा राष्ट्रिय लिगमा मछिन्द्र क्लबले न्युरोड टिम(एनआरटी)माथि १–० को संघर्षपूर्ण जित हासिल गरेको छ ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको एकमात्र खेलमा मछिन्द्रलाई जित दिलाउन अलिक श्रेष्ठले निर्णायक गोल गरे । अलिकले खेलको ६३औं मिनेटमा मछिन्द्रलाई ‘ब्रेकथ्रु’ दिलाएका थिए ।
शनिबार प्रतियोगिताको चौथो दिन तीन खेल हुनेछन् । दिउँसो १२ बजे हुने पहिलो खेलमा चित्लाङ एफसीले नव जन जागृति क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
दिउँसो २ बजे दशरथ रंगशालामा हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले मनाङ मर्स्र्याङ्दी क्लबसँग खेल्नेछ । दशरथ रंगशालामै हुने तेस्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेडले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल साँझ ६ः३० बजे हुनेछ ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
