काठमाडौं । साउदी अरेयिबा क्लब अल हिलाल पुगेका पोर्चुगिज रक्षक जोआओ कन्सेलो स्पेनिस महारथी बार्सिलोना फर्किएका छन् ।
रियाल मड्रिडलाई पराजित गरेर स्पेनिस सुपर कपको उपाधि जितेको भोलिपल्ट नै बार्सिलोनाले रक्षकलाई लोनमा फर्काएको हो ।
३१ वर्षीय कन्सेलो म्यानचेष्टर सिटीबाट बार्सिलोनासँग जोडिएका थिए । ला लिगमा यसअघि नै उनले ३२ खेल खेलेका थिए । तीन पटक प्रिमियर लिगको उपाधि जिताएका उनी सन् २०२४ को अगष्टमा अल हिलाल पुगेका हुन् ।
अब, कन्सेलोले बार्सिलोनाको लागि ला लिगा र कोपा डेल रेको खेल खेल्नेछन् । टोलीलाई दुबै उपाधि जित्ने अवसर छ । च्याम्पियन्स लिगमा पनि टोलीको प्रदर्शन सानदार रहेको छ ।
कन्सेलो पोर्चुगलले नेसन्स लिगको उपाधि सन् २०१८–१९ मा जित्दाका मुख्य खेलाडी हुन् । उनले दुई गोल पनि गरेका थिए । पोर्चुगलले यसै वर्ष अमेरिका, मेक्सिको र क्यानाडामा हुने विश्वकप खेल्दै छ ।
