काठमाडौं । घरेलु टोली भारत र न्युजिल्यान्डबीचको तीन एकदिवसीय शृंखलाको दोस्रो खेल आज राजकोटको निरञ्जन शाह मैदानमा हुँदैछ । खेल नेपाली समयअनुसार पौने २ बजे सुरु हुनेछ ।
विराट कोहलीको सानदार प्रदर्शनपछि पहिलो खेलमा भारत ४ विकेटले विजयी भएको थियो । त्यसैले पनि न्युजिल्यान्डलाई शृंखला जित्ने सम्भावना जोगाउन आजको खेल जित्नै पर्ने दबाब छ । आजको खेल न्युजिल्यान्डले जिते तेस्रो खेल इन्डोरमा जनवरी १८ मा हुने तालिका छ । यता, शुममन गिलको कप्तानीमा रहेको भारत भने लगातार खेल जित्दै शृंखला कब्जा गर्ने योजनामा छ ।
भारतले घरेलु मैदानमा न्युजिल्यान्डविरुद्ध सात शृंखला खेलेको छ । खेलिएको सबै एकदिवसीय शृंखला भारतकै पक्षमा छ । भारत न्युजिल्यान्डविरुद्ध लगातार आठौं शृंखला आफ्नो पक्षमा पार्न चाहन्छ ।
न्युजिल्यान्डविरुद्ध पहिलो खेल खेलेका वासिंघटन सुन्दर घाइते भएका छन् । उनको स्थानमा नयाँ खेलाडीले अवसर पाउनेछन् । युवा अलराउन्डर आयुष बडोनीको डेब्यु हुन सक्छ । नितिश कुमार रेड्डीको पनि सम्भावना उस्तै छ ।
भारतको सम्भावित टिमः
शुभमन गिल (कप्तान), रोहित शर्मा, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, रविन्द्र जडेजा, आयुष बडोनी, कुलदीप यादव, हर्षित राणा, मोहम्मद सिराज, अर्शदीप सिंह
न्युजिल्यान्डको सम्भावित टिमः
माइकल ब्रेसवेल (कप्तान) डेभोन कन्वे, विल योंग, हेनरी निकोल्स, डेरिन मिचेल, ग्लेन फिलिप्स, माइकल हे, जेडन लेनोक्स, ज्याक फाल्क्स, केली ज्यामिसन, माइकल रे
