काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ(साफ) महिला फुटसल च्याम्पियनसिपअन्तर्गत आफ्नो पहिलो खेलमा पाकिस्तान र भुटानले एकअर्कासँग १-१ को बराबरी खेलेका छन् ।
मंगलबार बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा सम्पन्न दिनको दोस्रो खेलमा पाकिस्तानले अग्रतालाई जोगाउन सकेन ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा कप्तान जारा बोखारीले पाकिस्तानलाई ‘ब्रेक थ्रु’ दिलाइन् । यशी बिधाले भुटानलाई खेलमा फर्काइन् ।
मंगलबार उद्घाटन खेलमा भारतले माल्दिभ्सलाई ११–१ ले हरायो । दिनको तेस्रो खेलमा नेपाल र श्रीलंकाले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।
पाकिस्तानले बिहीबार दोस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । भुटानको दोस्रो खेल बंगलादेशसँग शनिबार छ ।
सात राष्ट्रको सहभागिता रहेको प्रतियोगिता सिंगल राउन्ड रोविन लिग पद्धत्तिमा भइरहेको छ ।
भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
