पुस ८, २०८२ बुधबार | ०९:००:२३
सेनेगलको प्रभावशाली जित, नाइजेरियालाई संघर्षमय तीन अंक सविताको सफल शल्यक्रिया, सबै खर्च एन्फाले बेहोर्ने आर्सनल लिग कपको सेमिफाइनलमा, चेल्सीसँग खेल्ने एसियाली नेशन्स लिगको तयारीमा एएफसी एन्फा यु-१६ युथ लिगः फ्रेन्ड्सले मनाङलाई हरायो, पुलिस र एपिएफको जित अफ्रिका कप अफ नेशन्समा कंगोको विजयी सुरुआत थन्डरबोल्ट्स कप टेनिसमा जेम्सको वर्चस्व म नेपाली महिला क्रिकेटको जुनून देखेर आएको हुँः पाठक एनभिए खेल्ने खिल्जीको टिम घोषणा समीर सातदोबाटोमा आवद्ध सेनेगलको प्रभावशाली जित, नाइजेरियालाई संघर्षमय तीन अंक सविताको सफल शल्यक्रिया, सबै खर्च एन्फाले बेहोर्ने आर्सनल लिग कपको सेमिफाइनलमा, चेल्सीसँग खेल्ने एसियाली नेशन्स लिगको तयारीमा एएफसी एन्फा यु-१६ युथ लिगः फ्रेन्ड्सले मनाङलाई हरायो, पुलिस र एपिएफको जित अफ्रिका कप अफ नेशन्समा कंगोको विजयी सुरुआत थन्डरबोल्ट्स कप टेनिसमा जेम्सको वर्चस्व म नेपाली महिला क्रिकेटको जुनून देखेर आएको हुँः पाठक एनभिए खेल्ने खिल्जीको टिम घोषणा समीर सातदोबाटोमा आवद्ध

एसियाली नेशन्स लिगको तयारीमा एएफसी

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी)ले निकट भविश्यमा आफ्ना सदस्य राष्ट्रहरुबीच प्रतिस्पर्धाको अवसर वृद्धीको उद्देश्यसहित एएफसी नेशन्स लिग सुरु गर्ने योजना सार्वजनिक गरेको छ ।

युरोपेली फुटबल महासंघ (युइएफए) ले सन् २०१८ मा नेशन्स लिग गरेपछि अन्य महादेशहरु पनि यस्तो प्रतियोगिताप्रति आकर्षित भएका थिए ।

युइएफएले युरोपका राष्ट्रिय टिमहरुलाई फरक श्रेणीमा विभाजन गरेर नियमित फिफा विन्डोमा नेशन्स लिगअन्तर्गतका खेलहरु गराउने गर्छ ।

एएफसीले भन्दा अघि अफ्रिकी फुटबल महासंघले सन् २०२९ देखि युरोपियन नेशन्स लिगकै शैलीको प्रतियोगिता गर्ने घोषणा गरेको थियो ।

‘फिफा अन्तर्राष्ट्रिय म्याच विन्डोको प्रभावकारी उपयोग प्रतिद्वन्द्वीको सीमित उपलब्धताका कारण निक्कै चूनौतिपूर्ण बन्दै गएको छ । खेल सञ्चालन खर्च र अन्य व्यवस्थापनको खर्च बढ्दै गएकाले अन्तर्राष्ट्रिय खेल आयोजना कठिन हुँदै गएको छ,' एएफसीले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘लामो समयको आन्तरिक समिक्षा र थुप्रै छलफलपछि महासंघ एउटा एएफसी नेशन्स लिग गर्नेमा सैद्दान्तिक निर्णयमा पुगेको छ ।’

युइएफएको नेशन्स लिग टिमहरुलाई आफ्नै हाराहारीका प्रतिद्वन्द्वीसँग धेरै भन्दा धेरै खेल खेलेर जित्ने र सुधार गर्ने अवसर जुराउन सुरु गरिएको थियो ।

यस्तो प्रतियोगिताका कारण तल्लो वरियताका टिमहरुको युरोपियन च्याम्पियनसिप र विश्वकप तथा अन्य ठूला प्रतियोगितामा छनोट हुने सम्भावना वृद्धी हुने विश्वास छ ।

एएफसी नेशन्स लिग कहिलेबाट, कसरी, कुन पद्दतिमा गर्ने जस्ता विषयमा सरोकारवालाहरुसँगको छलफलपछि घोषणा गर्ने एएफसीले जनाएको छ ।
 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I