काठमाडौं । शनिबार (भोलि) हुने सातौं इन्ट्रा म्याड्रिस्टा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
रियाल मड्रिडको आधिकारिक फ्यान क्लब- रियाल मड्रिड फ्यान क्लब, नेपाल (काठमाडौं विङ्स)को आयोजनामा इन्ट्रा म्याड्रिस्टा फुटसल हुन लागेको हो ।
बल्खुस्थित भिजननोभा फुटसलमा हुने प्रतियोगितामा रियाल मड्रिड फ्यान क्लब नेपालका आठवटा विङ्सले प्रतिस्पर्धा गर्दैछन् ।
पुरुषमा काठमाडौं, जुम्ला, पोखरा, चितवन, हेटौंडा, नुवाकोट, बुटवल र प्रदेश १ ले चुनौती प्रस्तुत गर्दैछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । राउन्ड रोविन प्रतिस्पर्धापछि समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
माहिलामा काठमाडौंका तीन टोली– काठमाडौं ‘ए’, काठमाडौँ ‘बी’ र नुवाकोटको सहभागी रहनेछ । अन्य विङ्सबाट महिला टोलीको सहभागिता नहुँदा यी तीन टोलीले मात्र खेल्ने आयोजकले बतायो ।
शुक्रबार एक कार्यत्रमबीच प्रतियोगिताको खेल तालिका सार्वजनिक र ट्रफी अनावरण गरिनेछ ।
प्रतियोगिताले नेपाली म्याड्रिस्टाबीचको सहकार्यलाई थप बलियो बनाउने अपेक्षा क्लबले लिएको छ ।
‘सातौ इन्ट्रा म्याड्रिस्टा फूटसल प्रतियोगिताले नेपाली म्याड्रिडिस्टाहरूबीच सहकार्य र फुटबलको माया झन् प्रगाढ बनाउने अपेक्षा गरेका छौं,’ रियाल मड्रिड फ्यान क्लबका सचिव मनोज तिमल्सिनाले बताए ।
