कार्तिक २७, २०८२ बिहीबार | ०९:१९:३८
भारतका प्रियाङ्क कर्णाली याक्समा म्यानचेस्टर युनाइटेडको विजयी यात्रा जारी बंगलादेशको सामना गर्दै नेपाल ड्यानियल डाउथवेट पोखरामा अनुबन्ध ललितपुरविरुद्ध पोखराको सहज जित काठमाडौंसँग जोडियो जाम्बोरी नेपाल सुदूरपश्चिमलाई डाबर नेपालको साथ मधेशलाई हराउँदै कर्णाली शीर्ष स्थानमा उक्लियो 'सी' डिभिजन छनोटको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपालगन्ज एघार र पाथिभरा भिड्ने शीर्ष स्थानमा उक्लियो नव जन जागृति, टाइगर्सको चुनौती समाप्त भारतका प्रियाङ्क कर्णाली याक्समा म्यानचेस्टर युनाइटेडको विजयी यात्रा जारी बंगलादेशको सामना गर्दै नेपाल ड्यानियल डाउथवेट पोखरामा अनुबन्ध ललितपुरविरुद्ध पोखराको सहज जित काठमाडौंसँग जोडियो जाम्बोरी नेपाल सुदूरपश्चिमलाई डाबर नेपालको साथ मधेशलाई हराउँदै कर्णाली शीर्ष स्थानमा उक्लियो 'सी' डिभिजन छनोटको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपालगन्ज एघार र पाथिभरा भिड्ने शीर्ष स्थानमा उक्लियो नव जन जागृति, टाइगर्सको चुनौती समाप्त

बंगलादेशको सामना गर्दै नेपाल

फाइल तस्विर ।

काठमाडौं । नेपालले बिहीबार घरेलु टोली बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

खेल ढाकामा  नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ ।

बंगलादेशसँगको सामना गर्दा नेपाल आफ्नो जितविहिन नतिजालाई अन्त्य गर्ने सोचमा हुनेछ । टोलीले पछिल्ला पाँच खेलमा तीन हार र दुई बराबरीको नतिजा निकालेको छ ।

पछिल्लो पटक नेपालले मार्चमा सिंगापुरविरुद्ध १-० को जित निकालेको थियो ।

नेपाल हरि खड्काको प्रशिक्षणमा मैदान उत्रिदैछ । म्याट रसले राजीनामा दिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले खड्कालाई प्रशिक्षक बनाएको हो ।

यता बंगलादेश पनि घरेलु मैदानको फाइदा उठाउँदै नेपाललाई निसार बनाउने लक्ष्यमा छ । बंगलादेशले यस खेलमा भने हम्जा चौधरीलाई खेलाउँदै छ ।  गत भदौमा नेपालम सम्पन्न मैत्रीपूर्ण खेलमा भने उनी थिएनन् ।

नेपाली टोलीका प्रशिक्षकखड्काले चौधरीको आगमनले टोली नडराउने बताउँछन् ।  ‘हम्जा खेल्दा बंगलादेश अझै सन्तुलित बन्छ । तर हामी डराउँदैनौं, किनभने फुटबलमा व्यक्तिगत भन्दा पनि टिम गेम हेरिन्छ,’ खड्काले बुधबार आयोजित पोस्ट म्याच कन्फिरेन्समा भनेका थिए ।

यस्तै नेपालका कप्तान किरण चेम्जोङले पनि जितका लागि खेल्ने बताए । उनले यस खेलबाट मलेसियासँगको एसियन कप छनोट खेललाई मद्दत प्रतिक्रिया दिए ।

पछिल्लो पटक यी दुईबीच गत भदौमा नेपालमा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

 दुई खेल हुने तय भएपनि जेन्जी आन्दोलनका कारण दोस्रो खेल रद्द भएको थियो ।

नेपालले यो खेललाई नोभेम्बर १८ मा मलेसियासँग एएफसी एसियन कप छनोटको खेलको तयारीका रूपमा लिएको छ । 


भिडियो
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र
मिहिनेत गरिरहेको थिएँ, अन्तिम टोलीमा पर्दा खुसी छु ll Dipesh Gurung, Midfielder