मंसिर २३, २०८२ मंगलबार | १०:३७:०७
एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’

काठमाडौंसँग जोडियो जाम्बोरी नेपाल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) लागि जाम्बोको दोस्रो सिजनका लागि काठमाडौं गोर्खाजले जाम्बेरी एजुकेसन नेपालसँग नलेज पार्टनरको रूपमा सम्झौता गरेको छ ।

काठमाडौंका कार्यकारी निर्देशक अनुभव सिरोहिया र जाम्बोरी एजुकेसनका प्रबन्ध निर्देशक मनोज पराजुलीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौतापछि काठमाडौं गोर्खाजले आफ्नो टाउजरमा जाम्बोरी एजुकेसन नेपालको लोगो एनपिएल लगाएर खेल्ने छ ।

काठमाडौंका कार्यकारी निर्देशक सिरोहियाले जाम्बोरी एजुकेसन नेपालले शैक्षिक क्षेत्रमा गर्दै आएको योगदानको प्रशंसा गर्दै यस सहकार्यले खेलकुद र शिक्षाबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

जाम्बोरीका प्रबन्ध निर्देशक मनोज पराजुलीले काठमाडौंमार्फत एनपिएलसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे ।

जाम्बोरीले एक दशकभन्दा बढि समयदेखि विधार्थीलाई स्याट, टोफेल, आइएलटिएस, जिआरई, जिम्याट जस्ता अन्तराष्ट्रिय परिक्षाको तयरीसँगै अस्ट्रेलिया, अमेरिका, बेलायत, क्यानडामा उच्च शिक्षा अध्यनका लागि उपयुक्त विश्वविधालय छनोट र आवेदन प्रकृयामा मार्गदर्शन गर्दै आएको छ ।

काठमाडौंले यसअघि नै मुख्य प्रायोजकको रूपमा वर्ल्ड लिंकसँग सम्झौता गरिसकेको छ । टोलीले गोल्ड पार्टनरको रूपमा शिखर इन्स्योरेन्स, ड्रिक्स पार्टनरको रूपमा एक्सट्रिम इनर्जी ड्रिक्स तथा अफिसियल एजुकेसन पार्टनरका रूपमा आइआइएमएस कलेजसँग सम्झौता गरिसकेको छ । साथै टोलीको अफिसियल हस्पिटालिटी पार्टनरमा टुलिप होटल छ  ।

यस्तै काठमाडौंलाई शैक्षीक परामर्श संस्था केआइइसीले प्रायोजकका रूपमा साथ दिएको छ ।

काठमाडौंले मार्की करण केसीसहित भीम सार्की, शाहव आलम रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई दोस्रो सिजनमा पनि निरन्तरता दिएको छ ।

यसैगरी मिनी अक्सनबाट मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापालाई भित्र्याएको थियो ।

यस्तै टोलीले इङ्लिस विकेटकिपर/ब्याटर जोहन सिम्पसन, दक्षिण अफ्रिकाका विकेटकिपर/ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरस्मस, अमेरिकी ब्याटर मिलिन्ड कुमार, इङ्लिस ब्याटर बेन चार्ल्सवर्थ र भारतीय मुलका अमेरिकी खेलाडी सन्नी पटेललाई अनुबन्धन गरेको छ ।

काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा एनपिएलको दोस्रो सिजन खेल्ने छ । यस्तै काठमाडौंको प्रशिक्षकमा बसन्त शाही छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यो सिजन पनि काठमाडौंसँगै साविक विजेता जनकपुर बोल्ट्स साविक उपविजेतासुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।
घा
एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ । काठमाडौंले उद्घाटन खेलमा जनकपुरको सामना गर्नेछ ।


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas