मंसिर २३, २०८२ मंगलबार | १०:४७:४०
एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’

ड्यानियल डाउथवेट पोखरामा अनुबन्ध

काठमाडौं । इङ्लिस अलराउन्डर ड्यानियल डाउथवेटले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन खेल्ने भएका छन् ।

पोखराले बुधबार सामाजिक सञ्जालमामार्फत डाउथवेटलाई अनुबन्ध गरेको जानकारी दियो ।

उनी पोखरा भित्रिने तेस्रो विदेशी खेलाडी हुन् । टोलीले यसअघि इङ्लिस विकेटकिपर एडम रोसिङटन र बार्बाडोसका अलराउन्डर रेमन रेइफरलाई भित्र्याएको थियो ।

डाउथवेटले ७६ टी-ट्वान्टी खेलमा तीन अर्धशतकसहित ८५६ रन बनाएका छन् । यसैगरी उनको नाममा ७७ विकेट पनि छ  ।

डाउथवेटले पहिलो सिजनमा काठमाडौं गोर्खाजको प्रतिनिधित्व गरेका थिए । उनले पहिलो सिजनका चार खेलमा ४२ रन बनाउनुका साथै दुई विकेट लिएका थिए ।

कुशल भुर्तेल मार्की रहेको पोखराले सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, विपिन खत्री, तृतराज दास र दिनेश अधिकारीलाई टोलीमै राख्ने निर्णय गरेको छ ।

गत संस्करण सातौं स्थानमा रहेको पोखराले मिनी अक्सनबाट अर्जुन कुमाल, अभिषेक तिवारी, कृष्ण पौडेल र सन्दीप केसीलाई  अुनबन्ध गरेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यस सिजन पनि पोखरासहित साविक विजेता जनकपुर बोल्ट्स, साविक उपिवजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।

एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ । पोखराले मंसिर २ गते विराटनगर किंग्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas