काठमाडौं । यही मसिंर ४ गतेबाट सुरु हुने सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटको खेलतालिका सार्वजनिक भएको छ ।
बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले सातदोबाटोस्थित आफ्नो मुख्यालयमा सहभागी क्लबहरुका प्रतिनिधिबीच गोला प्रथामार्फत खेलतालिका सार्वजनिक गरेको हो ।
मंसिर २८ गतेसम्म चल्ने प्रतियोगितामा हरेक दिन तीन खेल हुनेछन् । उद्घाटन खेलमा नेपालगन्ज एघार स्पोर्टस क्लब र पाथिभरा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९ बजे हुनेछ ।
सहभागी ३९ टोलीलाई १३ समूहमा विभाजन गरिएको छ । राउन्ड रोविन खेलपछि समूहको शीर्ष स्थानमा रहने टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । यीमध्ये समूह ‘सी’को विजेता सोझै क्वार्टरफाइनलमा प्रवेश गर्नेछ । गोला–प्रथामा समूह ‘सी’ भाग्यशाली रहँदा यो अवसर जुरेको हो ।
नकआउट अन्तिममा चार टोली अन्तिम चारमा प्रवेश गर्ने सेट–अप छ । सेमिफाइनल विजेता टोली आगामी ‘सी’ डिभिजन लिगका लागि छनोट हुनेछन् ।
यस्तो छ खेलतालिकाः




