आश्विन २८, २०८२ बुधबार | १३:५६:४४
‘मेसी कप’ युथ फुटबल प्रतियोगिता गर्ने लियोनल मेसीको घोषणा कतार र साउदी अरेबियाले गरे फिफा विश्वकपमा स्थान सुरक्षित सेनेगल फिफा विश्वकपमा छनोट आइसीसी ट्वान्टी-२० विश्वकप छनोटः नेपाललाई ओमानको चुनाैती इङ्ल्यान्ड आगामी विश्वकपकमा छनोट हुने पहिलो युरोपियन टोली आधार कस्दै महिला फुटबल एसियन कप पुग्ने नेपालको चुनौती समाप्त, भियतनामसँग फेरि हार्यो भियतनामविरुद्ध पहिलो हाफमा नेपाल एक गोलले पछाडि भियतनाम र नेपालबीचको खेल ३० मिनेट पर धकेलियो रोहितको शतकीय खेलमा अञ्जनलाई मौका ‘मेसी कप’ युथ फुटबल प्रतियोगिता गर्ने लियोनल मेसीको घोषणा कतार र साउदी अरेबियाले गरे फिफा विश्वकपमा स्थान सुरक्षित सेनेगल फिफा विश्वकपमा छनोट आइसीसी ट्वान्टी-२० विश्वकप छनोटः नेपाललाई ओमानको चुनाैती इङ्ल्यान्ड आगामी विश्वकपकमा छनोट हुने पहिलो युरोपियन टोली आधार कस्दै महिला फुटबल एसियन कप पुग्ने नेपालको चुनौती समाप्त, भियतनामसँग फेरि हार्यो भियतनामविरुद्ध पहिलो हाफमा नेपाल एक गोलले पछाडि भियतनाम र नेपालबीचको खेल ३० मिनेट पर धकेलियो रोहितको शतकीय खेलमा अञ्जनलाई मौका

कतार र साउदी अरेबियाले गरे फिफा विश्वकपमा स्थान सुरक्षित

काठमाडौं । कतार र साउदी अरेबियाले आगामी वर्ष हुने फिफा विश्वकपमा स्थान सुरक्षित गरेका छन् ।

मंगलबार सम्पन्न एसिया छनोटकाे चाैथाे चारणमा कतारले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध २-१ को रोमाञ्चक जित निकाल्यो ।

जितसँगै कतार दुई खेलमा चार अंक जोडेर समूह ‘ए’ को शीर्ष स्थानमा रह्यो ।

जसिम बिन हमाद रंगशालामा घरेलु टोली कतारलाई जित दिलाउन बोआलेम खुखी र पेड्रो मिगुएलले गोल गरे । युएईका लागि सुल्तान आदिल अलामिरीले गोल फर्काए ।

कतारले पहिलो पटक छनोट चरण पार गरेर विश्वकप खेल्न लागेको हो । समग्रमा भने टोलीको यो दोस्रो सहभागिता हुनेछ । यसअघि कतारले आयोजकका रूपमा गत संस्करणको विश्वकप खेलेको थियो ।

यता इराकसँग गोलरहित बराबरीमा रोकिए पनि साउदी अरेबियाले विश्वकपको यात्रा तय गर्यो ।

यो नतिजासँगै इराकसँग समान चार अंक रहे पनि गोल अन्तरका आधारमा साउदी समूह‘ बी’ को शीर्ष स्थानमा रह्यो ।

साउदी सातौं पटक विश्वकपमा पुगेको हो । यसअघि टोलीले १९९४, १९९८, २००२, २००६, २०१८ र २०२२ मा विश्वकप खेलेको थियो ।  

यससँगै विश्वकपकामा छनोट हुने राष्ट्रको संख्या २८ पुगेको छ ।

यसअघि युरोपबाट इङ्ल्यान्ड, अफ्रिकाबाट मोरक्को, ट्युनिसिया, इजिप्ट, अल्जेरिया, घाना, सेनेगल, आइभोरी कोस्ट र दक्षिण अफ्रिका, एसियाबाट अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, जोर्डन, उज्वेकिस्तान र इरान, दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, उरुग्वे र पाराग्वे तथा ओसियन प्यासिफिकबाट न्युजिल्यान्डले छनोट चारण पार गरेर विश्वकपमा स्थान पक्का गरिसकेका छन् । यस्तै अमेरिका, क्यानाडा र मेक्सिकोले आयोजकका रूपमा सिधै विश्वकप खेल्दैछन् ।

४८ टोलीको सहभागिता रहने फिफा विश्वकप आगामी जुन ११ देखि जुलाई १९ सम्म हुँदैछ ।


भिडियो
क्लब र एन्फाको छलफलपछी लिग हुन्छ ANFA CEO INDRAMAN TULADHAR
HOME AND AWAY लिग तत्कालका सम्भव छैन ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
हुर्किँदै महिला फुटबलका प्रतिभाहरु II NEPAL WOMEN'S FOOTBALL, U-17 AFC ASIAN CUP QUALIFIERS
पंकजजी राजीनामा दिनुस, तपाईंले सक्नुभएन, हामी फुटबल गर्छौ llANFA Senior VP ll Bir Bahadur Khadka
तपाईं फुटबल गर्नुस, नसके राजीनामा गर्नुस हामी गर्छौ ll ANFA Member ll Rabindra Chand ll
हाम्रो अध्यक्ष पंकजज्यूलाई राम्रो मान्छेमा विश्वास छैन ll ANFA VP ll BIRAT JUNG SHAHI
ANFA गेटअघि फुटबल समर्थकको शान्तिपूर्ण धर्ना