काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्यान्डमा हुने एएफसी यु-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ ।
शुक्रबार एन्फा मुख्यालयमा आयोजित बिदाई कार्यक्रममा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, उपाध्यक्ष दावा लामा, सिइओ इन्द्रमान तुलाधर, तथा सदस्यहरु मनिष जोशी, सरिला श्रेष्ठ पुरुषोत्तम थापा, विकास नारायण श्रेष्ठ र टिकाराम लामालगतयतको उपस्थिति थियो ।
समूह ‘एफ’मा रहेको नेपालले अक्टोबर १५ मा तुर्किमिनिस्तान र १७ मा थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । सिंगल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष चीनमा हुने एसियन कपको १०औं संस्करणमा स्थान बनाउने छ ।
नेपाली टोली
गोलकिपर: झरना डुम्राकोटी, लक्ष्मी ओली, भूपिका शाही
रक्षक: दीक्षा रायमाझी, अलिजा कुमारी बिक, ग्यान्सु डोल्मा लो, सम्झना चन्द, पूर्णिमा ताडी, अनु माझी, मिनमाया श्रेष्ठ, अन्सु बिक
मिडफिल्डर: रवीना बिक, कृतिशा तामाङ, आशिका कार्की, सहारा लिम्बु, बबतिका कार्की, भूमिका बुढाथोकी, आयुषा रेउले, सृजना बडुवाल
फरवार्ड:अस्मिता मगर, पूजा गिरी, यमकुमारी बिक, अनिता रानामगर