आश्विन २३, २०८२ शुक्रबार | १५:२८:३७
नेपाल प्रहरीले गर्यो कराते खेलाडीको सम्मान तथा बिदाइ नेपालका ६ खेलाडीले मलेसियामा अन्तरराज्यीय ट्वान्टी-२० क्रिकेट प्रतियोगिता खेल्ने स्वदेश फर्कियो महिला क्रिकेट टोली अल्जेरिया फिफा विश्वकपमा छनोट विराटनगर किंग्सले ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता गर्ने नेदरल्यान्ड्सको अपराजित यात्रा जारी समूह विजेता बन्ने लक्ष्यमा नेपाल एसियन कप छनोट: नेपालको लगातार तेस्रो हार अन्तर्राष्ट्रिय फुटबलमा कुशलको डेब्यु एसियन कप छनोटः भियतनामसँग नेपालको हार नेपाल प्रहरीले गर्यो कराते खेलाडीको सम्मान तथा बिदाइ नेपालका ६ खेलाडीले मलेसियामा अन्तरराज्यीय ट्वान्टी-२० क्रिकेट प्रतियोगिता खेल्ने स्वदेश फर्कियो महिला क्रिकेट टोली अल्जेरिया फिफा विश्वकपमा छनोट विराटनगर किंग्सले ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता गर्ने नेदरल्यान्ड्सको अपराजित यात्रा जारी समूह विजेता बन्ने लक्ष्यमा नेपाल एसियन कप छनोट: नेपालको लगातार तेस्रो हार अन्तर्राष्ट्रिय फुटबलमा कुशलको डेब्यु एसियन कप छनोटः भियतनामसँग नेपालको हार

अल्जेरिया फिफा विश्वकपमा छनोट

तस्विर: फिफा ।

काठमाडौं । अल्जेरिया आगामी वर्ष हुने फिफा विश्वकपका लागि छनोट भएको छ ।

अल्जेरियाले बिहीबार मिलौद हदेफी रंगशालामा भएको अफ्रिकन छनोट अन्तर्गतको खेलमा घरेलु टाेली सोमालियावरुद्ध ३-० को सहज जित निकाल्दै अल्जेरियाले पाँचौं पटक विश्वकप यात्रा तय गर्यो । यसअघि टोलीले १९८२, १९८६, २०१० र २०१४ मा विश्वकप खेलेको थियो ।

जितसँगै ९ खेलमा अल्जेरिया २२ अंक जोडेको समूह ‘जी’ को शीर्ष स्थानमा छ। यो दोस्रो स्थानको युगान्डको भन्दा चार अंक बढि हो । यो समूहमा अब हरेक टोलीले एक खेलमात्र खेल्न बाँकी छ ।

अल्जेरियालाई जित दिलाउन मोहम्मद अमौराले दुई तथा रियाद महारेजले एक गोल गरे ।

खेलको सातौं मिनेटमा अमौराको गोलमार्फत अल्जेरियाले अग्रता लिएको थियो । १९औं मिनेटमा महारेजले टोलीको अग्रता दोब्बर बनाए ।

अमौराले ५७औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।

अल्जेरिया आगामी विश्वकपका लागि छनोट हुने चौथो अफ्रिकन तथा समग्रमा २०औं राष्ट्र हो । 

यसअघि अफ्रिकाबा मोरक्को, ट्युनिसिया र इजिप्ट, एसियाबाट अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, जोर्डन, उज्वेकिस्तान, र इरान दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, उरुग्वे र पाराग्वे तथा ओसियन प्यासिफिकबाट न्युजिल्यान्डले छनोट चारण पार गरेर विश्वकपमा स्थान पक्का गरिसकेका छन् । यस्तै अमेरिका, क्यानाडा र मेक्सिकोले आयोजकका रूपमा सिधै विश्वकप खेल्दैछन् । 

४८ टोलीको सहभागिता रहने फिफा विश्वकप अगामी जुन ११ देखि जुलाई १९ सम्म हुँदैछ ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II FORMER HEAD COACH, NATIONAL FUTSAL TEAM
कुलमानले गरे TU CRICKET मैदानको निरीक्षण ll
एसियन कप छनोटःभाग्यमा भरोसा थप्ने परिक्षा ll
भियतनाम जानुअघि घरेलु भूमिमा नेपाली टोलीको अन्तिम अभ्यास सत्र ll NEPAL FOOTBALL TEAM TRAINING
भियतनाम जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll NEPAL NATIONAL FOOTBALL TEAM
तयारी राम्रो भएको छ, हामी सकारात्मक छौं llMATT ROSS
होम म्याच घरमै हुने वातावरण बन्नुपर्छ ll ROHIT CHAND