काठमाडौं । नेपालले आइसिसी ट्वान्टी-२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफक छनोटमा समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा जापानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङको निर्णय लिए ।
नेपाल लगातार दोस्रो जितसँगै समूह विजेता बन्ने लक्ष्यमा छ । पहिलो खेलमा कुवेतविरुद्ध ५८ रनको जित निकालेको नेपालले सुपर सिक्समा स्थान पक्का गरिसकेको छ ।
यता कुवेतविरुद्ध पाँच विकेटको जित निकालेको जापान पनि सुपर सिक्समा पुगिसकेको छ । टोली पनि नेपाललाई हराउँदै समूह विजेता बन्ने प्रयासमा छ ।
ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नेपाल र जापान पहिलो पटक प्रतिस्पर्धा गर्दैछन् ।
नेपालले ओमनाविरुद्धकै टोलीलाई निरन्तरता दिएको छ ।
नेपाली टोली
आशिफ शेख, कुशल भुर्तेल, रोहितकुमार पौडेल (कप्तान), सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सनकुमार झा, सोमपाल कामी, नन्दन यादव, ललितनारायण राजवंशी र सन्दीप लामिछाने