काठमाडौं । जेन जीक आन्दोलनका कारण नेपालको अवस्था प्रतिकूल बन्दै गएपछि स्वदेश फर्किने तयारीमा रहेको बंगलादेशी फुटबल टोली नेपालमै रोकिएको छ ।
मैत्रीपूर्ण खेलका लागि आएको टाेली साँझ ४ बजे विमान बंगलादेशको फ्लाइटमार्फत फर्कने तयारीमा थियाे । तर आन्दोलन चर्किएपछि टाेली विमानस्थल नै जान पाएन ।
अन्दोलनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । टोली होटलमै सुरक्षित रहेको बताइएको छ ।
आन्दोलपछि सिर्जित परिस्थितीका कारण मंगलबारलाई तय नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल स्थगित गरिएको छ ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० मा सुरु हुने तालिका थियो । पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो ।
सोमबार सुशासन, भ्रष्टाचार र बन्द सामाजिक सञ्जाल खुलाउनुपर्ने मागसहितको प्रदर्शनमा प्रहरीको दमनबाट देशभर ४०० बढी घाइते हुँदा १९ जना युवाले ज्यान गुमाएका थिए ।