काठमाडौं । ह्यामस्ट्रिङ इन्जुरीका कारण पेरिस सेन्ट जर्मन (पिएसजी)का फरवार्ड ओसामेन डेम्बेले कम्तिमा पनि ६ साता मैदान बाहिर रहने भएका छन् ।
शुक्रबार फिफा विश्वकप छनोट प्रतियोगिता अन्तर्गत युक्रेनविरुद्धको खेलमा डेम्बेले घाइते भएका थिए । डेम्बेलेसँगै उनका फ्रेन्च सहकर्मी विंगर डेजिरे डुवे पनि चार साता मैदानमा नदेखिने भएका छन् । युक्रेनसँगकै खेलमा डुवे पनि घाइते हुन पुगेका थिए । ‘काल्फ’मा समस्या आएपछि डुवे मैदान छाड्न बाध्य भएका थिए ।
डुवेलाई खेलको ४६औं मिनेटमा डेम्बेलेले प्रतिस्थापन गरेका थिए । पछि ८१औं मिनेटमा डेम्बेले आफैँ घाइते भएका थिए । डेम्बेलेको ठाउँमा लिभरपुलका फुवार्ड ह्युगो एकिटिके मैदानमा प्रवेश गरेका थिए ।
यस वर्षको बालोन डि’ओरको प्रमुख दाबेदार डेम्बेलको प्रेरणादायी प्रदर्शनमा पिएसजीले गत सिजन ‘युरोपियन ट्रेबल’ जितेको थियो । २८ वर्षीय डेम्बेलेले ५३ खेलमा ३५ गोल गर्दा १६ असिस्ट आफ्नो नाममा लेखाएका थिए ।
युवा खेलाडी डुवेले पनि आफ्नो प्रदर्शनले सबैको ध्यान तानेका थिए ।
पिएसजीले अन्तर्राष्ट्रिय ब्रेकपछि सेप्टेम्बर १४ मा लिग वानमा लेन्ससँग खेल्ने तालिका छ । तीन दिनपछि इटालियन क्लब एटलान्टासँग खेल्दै पिएसजीले आफ्नो च्याम्पियन्स लिगको उपाधि रक्षा अभियान सुरु गर्ने