श्रावण १५, २०८२ बिहीबार | १३:०३:३९
भुटान पुग्यो नेपाली यु-२० टोली म्यानचेस्टर युनाइटेडको लगातार दोस्रो जित अल नसारले टोलोजलाई हरायो लिभरपुलको पुनरागमन जित इन्टर मियामीको विजयी सुरुआत एथलेटिक्स संघमा राजीवविक्रम शाहकै निरन्तरता नेपाल स्कुल फुटबल लिग साउन १७ देखि हुने दोस्रो स्थानमा उक्लियो फ्रेन्ड्स युवा बक्सिङ टोली थाइल्यान्ड प्रस्थान पुलिसको सहज जित भुटान पुग्यो नेपाली यु-२० टोली म्यानचेस्टर युनाइटेडको लगातार दोस्रो जित अल नसारले टोलोजलाई हरायो लिभरपुलको पुनरागमन जित इन्टर मियामीको विजयी सुरुआत एथलेटिक्स संघमा राजीवविक्रम शाहकै निरन्तरता नेपाल स्कुल फुटबल लिग साउन १७ देखि हुने दोस्रो स्थानमा उक्लियो फ्रेन्ड्स युवा बक्सिङ टोली थाइल्यान्ड प्रस्थान पुलिसको सहज जित

रिएले कपको आठौं संस्करण साउन २४ देखि

काठमाडौं ।  ‘आठौं रिएले कप’ रिएले समर लिग  साउन २४ गते (अगस्ट २) बाट सुरु हुने भएको हो।

एफसी रिएलेको आयोजना हुने प्रतियोगिताका सम्पूर्ण खेलहरू मध्यपुर ठिमी, बोडेस्थित रिएले खेल मैदानमा । यस संस्करणमा तीन उमेर समूह समावेश गरिएको आयोजकले जनाएको छ। जसमा यु-१०, यु-१२ र यु-१४ मा प्रतिस्पर्धा हुनेछ ।  

लिगमा काठमाडौं उपत्यका तथा वरपरका ब्वाइज र गर्ल्स दुवैले सहभागिता जनाउन पाउने छन् । इच्छुक खेलाडीले आफ्नो उमेर समूहमा दर्ता भई टिम ड्राफ्ट प्रक्रियाबाट सहभागिता जनाउन सक्ने आयोजकले जानकारी दियो ।

यसको लागि दर्ता प्रक्रिया सुरु भइसकेको छ । एफसी रिएले जापानको गैर-नाफामूलक संस्था रियल वर्ल्डअन्तर्गत सञ्चालित परियोजनामध्ये एक हो। क्लबले नेपालमा बालबालिकाको मानसिक तथा शारीरिक विकासलाई फुटबलमार्फत सशक्त बनाउने लक्ष्य लिएको छ ।

यस क्लबको पुरुष टिमले शहीद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा सहभागिता जनाउँदै आएको छ।

यसले युथ डेभलपमेन्ट लिगअन्तर्गत हरेक वर्ष दुई पटक समर र विन्टर गरि लिग सञ्चालन गर्दै आएको छ ।

समर लिगमा व्यक्तिगत रूपमा दर्ता भएका बालबालिकालाई क्लबले अन्तरिक ड्राफ्टमार्फत टिम बनाइ लिग सञ्चालन गर्छ। विन्टर लिगमा भने विभिन्न फुटबल एकेडेमी, विद्यालय तथा टिमहरूबीच प्रतिस्पर्धा गराइन्छ।

यस परियोजनाले नेपालमा उपेक्षित बाल तथा ग्रासरुट फुटबल क्षेत्रको विकासमा योगदान दिँदै आएको छ।

नेपाल राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङ, ‘ए’ डिभिजन लिगका सर्वाधिक गोलकर्ता सन्तोष साहुखलजस्ता राष्ट्रिय खेलाडीले यस लिगलाई सहयोग गर्दै आएका छन् ।
 


भिडियो
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team
Deleted video
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081