असार २०, २०८२ शुक्रबार | १३:२४:०७
चेल्सी पुगे जेमी गिटेन्स सिनर सोझो सेटमा विजयी इगा स्वायटेकको पुनरागमन जित लिभरपुलले २० नम्बरको जर्सीलाई प्रयोगमा नल्याउने स्पेनको सानदार सुरुआत फाइभ ‘ए’ साइड महिला हक्की हुँदै जोकोभिच तेस्रो चरणमा जनकपुरले गर्यो अनिल र ललितसहित ६ खेलाडी रिटेन यु-२३ राष्ट्रिय टोलीको छनोटका लागि ८९ खेलाडीलाई बोलाइयो एन्फा यु-१६ युथ लिगको तयारी पूरा, विजेताले १ लाख रुपैयाँ पाउने चेल्सी पुगे जेमी गिटेन्स सिनर सोझो सेटमा विजयी इगा स्वायटेकको पुनरागमन जित लिभरपुलले २० नम्बरको जर्सीलाई प्रयोगमा नल्याउने स्पेनको सानदार सुरुआत फाइभ ‘ए’ साइड महिला हक्की हुँदै जोकोभिच तेस्रो चरणमा जनकपुरले गर्यो अनिल र ललितसहित ६ खेलाडी रिटेन यु-२३ राष्ट्रिय टोलीको छनोटका लागि ८९ खेलाडीलाई बोलाइयो एन्फा यु-१६ युथ लिगको तयारी पूरा, विजेताले १ लाख रुपैयाँ पाउने

लिभरपुलले २० नम्बरको जर्सीलाई प्रयोगमा नल्याउने

काठमाडौं । इङ्लिस क्लब लिभरपुलले अबदेखि २० नम्बरको जर्सी प्रयोग नगर्ने भएको छ । क्लबले कार दुर्घटनामा परी ज्यान गुमाएका पोर्चुगिज फरवार्ड डियाेगाे जोटाको सम्मानमा उनले प्रयोग गर्ने २० नम्बरको जर्सीलाई अवकाश दिने निर्णय गरेको हो ।

क्लबले भनेको छ, ‘२०२४-२५ सिजनमा क्लबको २०औं प्रिमियर लिग उपाधि जिताउने टोलीका सदस्यको रूपमा जोटाले दिएको योगदानको सम्झनामा उनले प्रयोग गर्ने जर्सी नम्बर २० लाई अवकाश दिने निर्णय गरिएको छ।’

बिहीबार स्पेनमा कार दुर्घटनामा जाेटा र उनका भाइ आन्द्रे सिल्भाको पनि निधन भएको थियो ।

लिभरपुलले  पहिलो पटक आफ्ना खेलाडीको सम्मानमा जर्सीलाई अवकाश दिने निर्णय गरेको हो ।

पोर्चुगलको सानो सहर गोन्डोमारबाट फुटबल खेल्न थालेका जोटाको करियर सुरुवात पासोस डे फेरेराको यूथ एकेडेमीबाट भएको थियो । सन् २०१६ मा  स्पेनिस क्लब एट्लेटिको मड्रिड पुगेपछि उनले पोर्चुगलको पोर्टोका लागि लोनमा खेले ।

सन् २०१७ मा लोनमा इङ्लिस क्लब उल्भरह्याम्टन भित्रिएका जोटालाई क्लबले एक वर्षपछि स्थायी खेलाडी बनाएको थियो । जोटा सन् २०२० मा लिभरपुल भित्रिएका थिए ।

लिभरपुलमा उनले एफए कप, लिग कप र गत सिजनको प्रिमियर लिग उपाधि पनि जिते । यसैगरी उनी सन् २०१९ र २०२५ को युएएफए नेसन्स लिग च्याम्पियन पोर्चुगिज टोलीका महत्वपूर्ण सदस्य थिए ।


भिडियो
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING