काठमाडौं । पोर्चुगिज राष्ट्रिय फुटबल टोलीका फरवार्ड डियोगो जोटाको २८ वर्षको उमेरमा असमाहिक निधन भएको छ ।
स्पानिस सञ्चारमाध्यम मार्काका अनुसार इङ्लिस प्रिमियर लिग च्याम्पियन टोली लिभरपुलका सदस्य जोटाको बुधबार स्पेनमा कार दुर्घटनामा परि ज्यान गएको हो । जोटासँगै उनका २६ वर्षीय भाइ आन्द्रे जोटाको पनि निधन भएको बताइएको छ ।
जोटाले दुई साताअघि मात्र आफ्ना पार्टनर रुटे कार्डोसोसँग विवाह गरेका थिए । जोटाले बुधबार मात्र इन्स्टाग्राममा आफ्नो विवाहको भिडियो पोस्ट गरेका थिए ।
जोटा सन् २०२० मा अर्को इङ्लिस क्लब वुल्भ्सबाट ४० मिलियन पाउन्डमा लिभरपुल भित्रिएका थिए । लिभरपुलले पछिल्लो सिजन आर्ने स्लटको नेतृत्वमा प्रिमियर लिगको उपाधि जित्दा जोटा महत्वपूर्ण सदस्य थिए । उनले पोर्चुगलबाट गत महिनामात्र नेसन्स लिगको उपाधि जितेका थिए ।
भिडियो
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING