असार २०, २०८२ शुक्रबार | १४:३५:१३
चेल्सी पुगे जेमी गिटेन्स सिनर सोझो सेटमा विजयी इगा स्वायटेकको पुनरागमन जित लिभरपुलले २० नम्बरको जर्सीलाई प्रयोगमा नल्याउने स्पेनको सानदार सुरुआत फाइभ ‘ए’ साइड महिला हक्की हुँदै जोकोभिच तेस्रो चरणमा जनकपुरले गर्यो अनिल र ललितसहित ६ खेलाडी रिटेन यु-२३ राष्ट्रिय टोलीको छनोटका लागि ८९ खेलाडीलाई बोलाइयो एन्फा यु-१६ युथ लिगको तयारी पूरा, विजेताले १ लाख रुपैयाँ पाउने चेल्सी पुगे जेमी गिटेन्स सिनर सोझो सेटमा विजयी इगा स्वायटेकको पुनरागमन जित लिभरपुलले २० नम्बरको जर्सीलाई प्रयोगमा नल्याउने स्पेनको सानदार सुरुआत फाइभ ‘ए’ साइड महिला हक्की हुँदै जोकोभिच तेस्रो चरणमा जनकपुरले गर्यो अनिल र ललितसहित ६ खेलाडी रिटेन यु-२३ राष्ट्रिय टोलीको छनोटका लागि ८९ खेलाडीलाई बोलाइयो एन्फा यु-१६ युथ लिगको तयारी पूरा, विजेताले १ लाख रुपैयाँ पाउने

आफ्नो १००औं अन्तर्राष्ट्रिय खेलमा लाओसको सामना गर्दै नेपाल

फाइल तस्विर ।

काठमाडौं । नेपाली महिला फुटबल टोलीले आफ्ने १००औं अन्तर्राष्ट्रिय खेलमा आइतबार लाओसको सामना गर्दैछ ।

एएफसी एसियन कप छनोट अन्तर्गतको यो खेल उज्वेकिस्तानको तास्केन्दस्थित बुन्योडकोर रंगशालामा नेपाली समय अनुसार साँँझ ६ः१५ बजे सुरु हुनेछ ।

नवनियुक्त प्रशिक्षक प्याट्रिक डे वाइल्डका लागि यो पहिलो खेल हुनेछ । यस प्रतियोगितामा नेपाल शीर्ष स्थानमा रहदै नेपाल एसिसी महिला एसियन कपमा छनोट हुने लक्ष्यमा छ ।

नेपाल फिफा वरियतामा लाओसभन्दा सात स्थानमाथि छ । वरियतामा नेपाल १०० र लाओस १०७औं स्थानमा छन् ।

लाओसलाई पराजित गर्दै नेपाली टोली आफ्नो १००औं खेलको उपलब्धिलाई अझै विशेष बनाउन चहान्छ ।

भर्खरै विदेशी लिग खेलेर आएका अन्जिला तुमबाप्पो सुब्बा, सावित्रा भण्डारी, रेखा पौडेल, पूजा रानालगायतका खेलाडी नेपालका लागि निर्णायक बन्न सक्छन् ।

नेपालले सन् १९८६ मा हङकङमा सम्पन्न एएफसी महिला च्याम्पियनसिपको छैटौं संस्करणदेखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउन थालेको हो । त्यसपछि नेपालले १९८९ र १९९९ मा पनि यो प्रतियोगिता खेल्यो । त्यतीबेला टोली सोझै एएफसी च्याम्पियनसिपमा छनोट हुने गर्थे ।

सन् २००६ मा अस्ट्रेलियामा भएको १५औं संस्करणदेखि भने छनोट चरण पार गर्ने टोलीले मात्र एसियन कपमा स्थान बनाउने नियम लागू भयो । त्यसयता भने नेपाली टोलीले यो प्रतियोगितामा स्थान बनाउन सकेको छैन ।

यो ४० वर्षे इतिहासमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा एक दर्जन फाइनल खेलेको छ । यी सबै अवसरमा नेपाल उपाधिबाट वञ्चित हुनुपरेको छ ।


भिडियो
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING