असार २०, २०८२ शुक्रबार | १४:२८:२३
चेल्सी पुगे जेमी गिटेन्स सिनर सोझो सेटमा विजयी इगा स्वायटेकको पुनरागमन जित लिभरपुलले २० नम्बरको जर्सीलाई प्रयोगमा नल्याउने स्पेनको सानदार सुरुआत फाइभ ‘ए’ साइड महिला हक्की हुँदै जोकोभिच तेस्रो चरणमा जनकपुरले गर्यो अनिल र ललितसहित ६ खेलाडी रिटेन यु-२३ राष्ट्रिय टोलीको छनोटका लागि ८९ खेलाडीलाई बोलाइयो एन्फा यु-१६ युथ लिगको तयारी पूरा, विजेताले १ लाख रुपैयाँ पाउने चेल्सी पुगे जेमी गिटेन्स सिनर सोझो सेटमा विजयी इगा स्वायटेकको पुनरागमन जित लिभरपुलले २० नम्बरको जर्सीलाई प्रयोगमा नल्याउने स्पेनको सानदार सुरुआत फाइभ ‘ए’ साइड महिला हक्की हुँदै जोकोभिच तेस्रो चरणमा जनकपुरले गर्यो अनिल र ललितसहित ६ खेलाडी रिटेन यु-२३ राष्ट्रिय टोलीको छनोटका लागि ८९ खेलाडीलाई बोलाइयो एन्फा यु-१६ युथ लिगको तयारी पूरा, विजेताले १ लाख रुपैयाँ पाउने

फिफा क्लब विश्वकपको प्रिक्वार्टरफाइनल समीकरण पूरा

काठमाडौं । अमेरिकामा जारी फिफा क्लब विश्वकपको प्रिक्वार्टरफाइनल समीकरण पूरा भएको छ । जुन १४ देखि सुरु भएको प्रतियोगिताले शुक्रबार बिहान भएका समूह चरणका अन्तिम चार खेलपछि अन्तिम-१६ मा प्रवेश गर्ने टोली पाएको हो ।

शुक्रबार भएको चार खेलमा म्यानचेस्टर सिटीले युभेन्ट्सविरुद्ध ५-२,  वायडाड एसीविरुद्ध २-१, अल हिलालले पाचुकाविरुद्ध २-० र रियाल मड्रिडले रेडबुल साल्जबर्गविरुद्ध ३-० को जित दर्ता गरे । 

सहभागी ३२ टोलीलाई प्रत्येक समूहमा चार टोली रहने गरी आठ समूहमा विभाजन गरिएको थियो । जसबाट हरेक समूहका विजेता र उपविजेता अगाडि बढ्दा पुछारका दुई टोली भने बाििरए ।

अन्तिम-१६मा समूह ‘ए’को विजेता ब्राजिलियन क्लब पाल्मेरसले समूह ‘बी’को उपविजेता आफ्नौ देशको टोली बोटाफोगाेविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।  

यस्तै समूह ‘बी’बाट विजेता बन्दै अन्तिम-१६ को यात्रा तय गरेको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)ले समूह ‘ए’को उपविजेता घरेलु टोली इन्टर मियामीको सामना गर्नेछ ।

यता समूह ‘सी’ को विजेता पोर्चुगिच क्लब बेन्फिकाले क्वार्टरफाइनल प्रवेशका लागि समूह ‘डी’ को उपविजेता इङ्लिस क्लब चेल्सीसँग प्रतिपर्धा गर्नेछ ।

यसैगरी समूह ‘डी’ को विजेताका रूपमा अगाडि बढेको ब्राजिलियन क्लब फ्लेमेन्गोको सामना समूह ‘सी’ को उपविजेता जर्मन क्लब बायर्न म्युनिखसँग हुनेछ ।  

प्रतियोगिताको समूह ‘इ’बाट इटालियन क्लब इन्टर मिलान र मोन्टेरे तथा समूह ‘एफ’बाट जर्मन क्लब बोरुसिया डर्टमन्ड र ब्राजिलियन क्लब फ्लुमिनेन्सले क्रमशः शीर्ष दुईमा रहँदै अन्तिम-१६ को यात्रा तय गरेका छन् ।

अन्तिम-१६ मा मिलानले फ्लुमिनेन्स तथा डर्टमन्डले मोन्टेरेको सामना गर्नेछन् ।

प्रतियोगिताको समूह ‘जी’बाट म्यानचेस्टर सिटी विजेता तथा युभेन्टसले ले प्रिक्वार्टरफाइनल यात्रा तय गरे । ‘एच’बाट रियाल मड्रिड र  साउदी अरेवियाको अल हिलालले अन्तिम-१६ मा स्थान बनाए । 

अब क्वार्टरफाइनल प्रवेशका लागि रियालले युभेन्टस तथा सिटीले अल हिलालको सामना गर्नेछ ।

प्रतियोगिताको प्रिक्वार्टरफाइनल खेल शनिबारदेखि सुरु हुनेछ । प्रिक्वार्टरफाइनलको पहिलो खेलमा दुई ब्राजिलियन टोली पाल्मेरस र बोटाफोगाे आमने सामने हुँदैछन् । 


भिडियो
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING