असार २०, २०८२ शुक्रबार | १२:२६:३१
सिनर सोझो सेटमा विजयी इगा स्वायटेकको पुनरागमन जित लिभरपुलले २० नम्बरको जर्सीलाई प्रयोगमा नल्याउने स्पेनको सानदार सुरुआत फाइभ ‘ए’ साइड महिला हक्की हुँदै जोकोभिच तेस्रो चरणमा जनकपुरले गर्यो अनिल र ललितसहित ६ खेलाडी रिटेन यु-२३ राष्ट्रिय टोलीको छनोटका लागि ८९ खेलाडीलाई बोलाइयो एन्फा यु-१६ युथ लिगको तयारी पूरा, विजेताले १ लाख रुपैयाँ पाउने रहेनन् पोर्चुगिज फरवार्ड जोटा सिनर सोझो सेटमा विजयी इगा स्वायटेकको पुनरागमन जित लिभरपुलले २० नम्बरको जर्सीलाई प्रयोगमा नल्याउने स्पेनको सानदार सुरुआत फाइभ ‘ए’ साइड महिला हक्की हुँदै जोकोभिच तेस्रो चरणमा जनकपुरले गर्यो अनिल र ललितसहित ६ खेलाडी रिटेन यु-२३ राष्ट्रिय टोलीको छनोटका लागि ८९ खेलाडीलाई बोलाइयो एन्फा यु-१६ युथ लिगको तयारी पूरा, विजेताले १ लाख रुपैयाँ पाउने रहेनन् पोर्चुगिज फरवार्ड जोटा

एपिएफले यु-१६ युथ लिगमा सहभागिता जनाउने

काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबले एन्फा यु-१६ युथ लिगमा सहभागिता जनाउने भएको छ ।

पछिल्लो समयको विवादका कारण एपिएफको सहभागिता अन्योलमा परेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शीर्ष डिभिजनका क्लबले सहभागिता जनाउने एन्फा यु-१६ लिग फुटबल प्रतियोगिताको तेस्रो संस्करणका लागि छलफल गर्न भन्दै गत जेठ १५ मा बोलाएको बैठकमा उपस्थितिका लागि एपिएफलाई खबर गरेको थिएन ।

दुई वर्ष अगाडी सकिएको लिगमा एपिएफसँगै खुमलटार युथ क्लब पनि रेलिगेसनमा परेको थियो । तर रेलिगेसनबाट बाच्न संघर्ष गरेको अर्को टिम थ्री स्टारले जावलाखेल युथ क्लबविरुद्धको खेलमा प्रतियोगिताको नियमावलीविपरित भिसा नभएका विदेशी खेलाडी खेलाएको भन्दै एन्फामा उजुरी गरेको थियो । खुमलटार र एपिएफलाई नबोलाइएको शीर्ष डिभिजन क्लबहरूको उक्त बैठकमा अर्को विवादित टोली थ्री स्टारलाई भने निमन्त्रणा पठाइएको थियो ।

जावलाखेलविरुद्धको खेलमा थ्री स्टार १-० को नतिजामा विजयी भएको थियो । सोही तीन अंकको आधारमा एपिएफलाई पछि पार्दै थ्री स्टारले रेलिगेसन जोगाएको थियो थियो । सोही नतिजाका कारण दोस्रो डिभिजनमा झरेको एपिएफले उक्त खेलमा थ्री स्टारले भिसा सकिइसकेका दुई विदेशी खेलाडी खेलाएको भन्दै उजुरी गरेको थियो ।

एपिएफले भिसा सकिएका खेलाडी प्रतियोगिताको नियमावली, नेपालको कानुन र फिफाको नियमअनुसार पनि खेलाउन नपाउने जिकिर गर्दै त्यस्ता अवैधानिक खेलाडी खेलाए सम्बन्धित टिम ३-० को नतिजामा पराजित हुने नियमअनुसार कारवाही गर्न एन्फामा २०८० जेठ २८ गते उजुरी गरेको थियो ।
उक्त उजुरीमाथि एन्फाको अनुशासन समितिले केही महिनाअघि निर्णय गर्दै थ्री स्टारले खेलाएका खेलाडी अवैधानिक भएको ठहर गरेको थियो । तर अवैधानिक खेलाडी खेलाएवापत अनुशासन समितिले थ्री स्टार क्लब र सम्बन्धित खेलाडीलाई नगद जरिवानामात्र गरेको थियो ।

अनुशासन समितिको उक्त निर्णयमा असहमति जनाउँदै थ्री स्टार र एपिएफ दुवैले अपिल गरेका थिए । जसमा गत बिहीबार अपिल कमिटीले अवैधानिक खेलाडी खेलाएवापत थ्री स्टार क्लब उक्त खेलमा ३-० को नतिजामा पराजित हुने निर्णय गर्यो । योसँगै थ्री स्टारले शीर्ष डिभिजनको हैसियत गुमाएको थियो भने एपिएफ शीर्ष डिभिजनमै रहने निश्चित भएको थियो ।

एन्फाको आयोजनामा यु-१६ लिग असार २० गतेबाट हुने बताइएको छ । लिगमा सहभागिताका लागि एपिएफले असार १५ गते खेलाडी छनोट कार्यक्रम गर्ने भएकोछ ।

छनोट हलचोकस्थित एपिएफ क्लबको फुटबल मैदानमा हुनेछ ।


भिडियो
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING