काठमाडौं । क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन क्लब अल-नासरमै रहने भएका छन् ।
विभिन्न सञ्चारमाध्यममा आएका खबर अनुसार रोनाल्डो क्लबसँगको सम्झौता दुई वर्ष लम्बाउन सहमत भएका छन् । नयाँ सम्झौता अनुसार रोनाल्डो सन् २०२७ सम्म अल नासरमै रहनेछन् ।
४० वर्षीय पोर्चुगिज कप्तान रोनाल्डोको सम्झौता जुनको अन्त्यमा समाप्त हुँदैछ । गत महिना रोनाल्डोले सामाजिक सञ्जालमार्फत क्लब छाड्ने संकेत दिएका थिए । तर अहिले उनी क्लबमै रहन सहमत भएका छन् ।
दुई साताअघि पोर्चुगललाई युइएफए नेसन्स लिगको उपाधि दिलाएका रोनाल्डो सन् २०२३ मा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट अल नासर पुगेका थिए ।
उनले साउदी क्लबका लागि १११ खेलमा ९९ गोल गरेका छन् । रोनाल्डोले गत सिजन ४१ खेलमा ३५ गोल गर्दै गोल्डेन बुट जितेका थिए ।
भिडियो
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING