काठमाडौं । इटालियन क्लब इन्टर मिलानले अमेरिकामा जारी फिफा क्लब विश्वकपमा जापानको उरावा रेड डाइमन्ड्सविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गरेको छ ।
पहिलाे जितसँगै दुई खेलमा चार अंक जोडेको इन्टर समूह ‘इ’ को शीर्ष स्थानमा उक्लिएको छ । लगातार दोस्रो पराजय बेहोरेको उरावा रेड प्रतियोगिताबाट बाहिरिएको छ ।
लुमेन फिल्डमा शनिबार इन्टरलाई जित दिलाउन कप्तान लाउटारो मार्टिनेज र भ्यालेन्टिन कार्बोनीले गोल गरे । उरावा रेडका लागि रयोमा वातानाबेले गोल गरे ।
खेलको ११औं मिनेटमा वातानाबेको गोलमार्फत उरावा रेडले अग्रता लिएको थियो । तर टोलीले दोस्रो हाफमा त्यसलाई जोगाउन सकेन ।
मार्टिनेजले ७८औं मिनेटमा इन्टरलाई बराबरीमा ल्याए । इन्जुरी समयमा कार्बोनीले गोल गर्दै टोलीलाई रोमाञ्चक पुनरागमन जित दिलाए ।
भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3