चैत्र ७, २०८२ शनिबार | १८:५८:१८
घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश

अंकतालिकाको स्थानभन्दा सबै नेपालीको मनको स्थान लिन्छौंः प्रशिक्षक केसी

काठमाडौं । सातदोबाटो युथ क्लबका मुख्य प्रशिक्षक मेघराज केसीले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग सकिँदासम्म सातदोबाटोको नाम देशव्यापी रुपमा लोकप्रिय बनाउने विश्वास व्यक्त गरेका छन् ।

लिग सुरु हुनुपूर्व नै नेपाली फुटबलमा कुनै क्लब ठूलो नरहेको भन्दै सातदोबाटोले सनसनीपूर्ण यात्रा गर्ने दाबी गरेका केसीले पछिल्ला ६ खेलबाट त्यो प्रमाणित भएको बताए ।

‘नेपालमा कुनै पनि क्लब ठूलो छैन भनेर मैले भनेको थिएँ । जुन कुरा अहिले लिगमा हाम्रो स्थानले पनि प्रमाणित गरेको छ । तेस्रो चरणसम्म हामी शीर्ष स्थानमा थियौं । अहिले पाँचौं स्थानमा छौ,’ बिहीबार पत्रकार सम्मेलनमा केसीले भने, ‘लिगमा उतारचढाव भइरहन्छन् । तीन खेल सकिँदा हामी शीर्ष स्थानमा थियौं । अहिले ६ खेल सकिँदा पाँचौं स्थानमा झरेका छौं । फेरी माथि उक्लिन सक्छौं ।’

कुन स्थानमा रहेर लिग टुंग्याउने लक्ष्यमा हुनुहुन्छ ? भन्ने प्रश्नमा केसीको चलाखीपूर्ण जवाफ थियो, ‘लिगमा हामी कतियौं हुन्छौं भन्ने अहिल्यै ठोकुवा गर्न सकिन्न । तर म एउटा कुरा चाँही दावीका साथ भन्न सक्छु, हामीले लिग अंकतालिकामा जुन स्थान हासिल गरे पनि आफ्नो प्रदर्शनबाट यो लिगका १३ खेल सकिँदासम्म सम्पूर्ण नेपालीको मनमा चाँही पक्का स्थान लिनेछौं । पूरा देशमा सातदोबाटोलाई परिचित गराउनेछौं ।’

लिगमा उतारचढाव भइरहन्छन् । तीन खेल सकिँदा हामी शीर्ष स्थानमा थियौं । अहिले ६ खेल सकिँदा पाँचौं स्थानमा झरेका छौं । फेरी माथि उक्लिन सक्छौं

लिगको सातौं खेलमा सोमबार हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेका प्रशिक्षक केसीले तीन अंकका लागि मैदान उत्रिने बताए । ६ खेलको समाप्तीमा समान आठ अंक जोडेका सातदोबाटो र हिमालयन शेर्पा क्लब क्रमषः पाँचौं र छैटौं स्थानमा छन् ।

लिगको सनसनीपूर्ण सुरुआत गरे पनि पछिल्ला खेलहरुमा सातदोबाटोको प्रदर्शन खस्कँदै गएको छ । पछिल्ला तीन खेलमा विजयरहित रहेको टोलीले चौथो खेलमा न्युरोड टिम (एनआरटी)सँग १–० को नतिजा सुम्पिएको थियो भने पाँचौं खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग १–१ को बराबरी नतिजा निकालेको थियो । छैटौं खेलमा गत सप्ताहन्तमा जावलाखेल युथ क्लबसँग २–० ले पराजित भएको थियो ।

खराब मौसमका कारण हाम्रो यही खेलका लागि केन्द्रित अभ्यास प्रभावित भयो । तर हामीले पूरा लिगका १३ खेलका लागि तयारी गरेका थियौं । हामी यो खेल जित्ने एकमात्र लक्ष्य लिएर मैदान उत्रिनेछौं

ठीक विपरित कमजोर सुरुआत गरे पनि हिमालयन शेर्पा क्लबले भने पछिल्लो समय लय समाएको छ । चौथो खेलमा मछिन्द्रसँग ३–० को हार भोगेयता हिमालयन शेर्पा क्लबले लगातार दुई जित हासिल गरेको छ । पाँचौं र छैटौं खेलमा ब्रिगेड ब्वाइज र च्यासललाई ३–१ को समान अन्तरमा पराजित गर्दै हिमालयन शेर्पाले आफू फर्ममा आएको प्रमाण दिएको छ ।

तर केसी हिमालयन शेर्पामाथि जितका साथ पूरा तीन अंक हासिल गर्नेमा विश्वस्त छन् ।

एन्फाले अनिवार्य भनेको खेलअघिको पत्रकार सम्मेलनमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाकै नेतृत्वमा रहेको हिमालयन शेर्पा क्लबका प्रशिक्षक भने अनुपस्थित रहे ।

‘खराब मौसमका कारण हाम्रो यही खेलका लागि केन्द्रित अभ्यास प्रभावित भयो । तर हामीले पूरा लिगका १३ खेलका लागि तयारी गरेका थियौं । हामी यो खेल जित्ने एकमात्र लक्ष्य लिएर मैदान उत्रिनेछौं,’ उनले भने ।

एन्फाले अनिवार्य भनेको खेलअघिको पत्रकार सम्मेलनमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाकै नेतृत्वमा रहेको हिमालयन शेर्पा क्लबका प्रशिक्षक भने अनुपस्थित रहे । लिग नियमावलीअनुसार खेलपछिको पत्रकार सम्मेलनमा प्रत्येक टिमका प्रतिनिधि अनिवार्य उपस्थित हुनुपर्छ । तर खेलअघिको पत्रकार सम्मेलनबारे भने नियमावली मौन छ ।

अघिल्लो साता एन्फाले गरेको अन्तरक्रिया कार्यक्रममा एन्फा अध्यक्ष शेर्पा, महासचिव इन्द्रमान तुलाधर, लिग समितिका प्रमूख विज्ञानराज शर्मा तथा लिग निर्देशक मिश्रले यस्तो पत्रकार सम्मेलनमा सबै क्लबका प्रतिनिधि उपस्थित गराउने प्रतिबद्धता जाहेर गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो