माघ १८, २०८२ आइतबार | १३:०४:५२
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

अंकतालिकाको स्थानभन्दा सबै नेपालीको मनको स्थान लिन्छौंः प्रशिक्षक केसी

काठमाडौं । सातदोबाटो युथ क्लबका मुख्य प्रशिक्षक मेघराज केसीले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग सकिँदासम्म सातदोबाटोको नाम देशव्यापी रुपमा लोकप्रिय बनाउने विश्वास व्यक्त गरेका छन् ।

लिग सुरु हुनुपूर्व नै नेपाली फुटबलमा कुनै क्लब ठूलो नरहेको भन्दै सातदोबाटोले सनसनीपूर्ण यात्रा गर्ने दाबी गरेका केसीले पछिल्ला ६ खेलबाट त्यो प्रमाणित भएको बताए ।

‘नेपालमा कुनै पनि क्लब ठूलो छैन भनेर मैले भनेको थिएँ । जुन कुरा अहिले लिगमा हाम्रो स्थानले पनि प्रमाणित गरेको छ । तेस्रो चरणसम्म हामी शीर्ष स्थानमा थियौं । अहिले पाँचौं स्थानमा छौ,’ बिहीबार पत्रकार सम्मेलनमा केसीले भने, ‘लिगमा उतारचढाव भइरहन्छन् । तीन खेल सकिँदा हामी शीर्ष स्थानमा थियौं । अहिले ६ खेल सकिँदा पाँचौं स्थानमा झरेका छौं । फेरी माथि उक्लिन सक्छौं ।’

कुन स्थानमा रहेर लिग टुंग्याउने लक्ष्यमा हुनुहुन्छ ? भन्ने प्रश्नमा केसीको चलाखीपूर्ण जवाफ थियो, ‘लिगमा हामी कतियौं हुन्छौं भन्ने अहिल्यै ठोकुवा गर्न सकिन्न । तर म एउटा कुरा चाँही दावीका साथ भन्न सक्छु, हामीले लिग अंकतालिकामा जुन स्थान हासिल गरे पनि आफ्नो प्रदर्शनबाट यो लिगका १३ खेल सकिँदासम्म सम्पूर्ण नेपालीको मनमा चाँही पक्का स्थान लिनेछौं । पूरा देशमा सातदोबाटोलाई परिचित गराउनेछौं ।’

लिगमा उतारचढाव भइरहन्छन् । तीन खेल सकिँदा हामी शीर्ष स्थानमा थियौं । अहिले ६ खेल सकिँदा पाँचौं स्थानमा झरेका छौं । फेरी माथि उक्लिन सक्छौं

लिगको सातौं खेलमा सोमबार हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेका प्रशिक्षक केसीले तीन अंकका लागि मैदान उत्रिने बताए । ६ खेलको समाप्तीमा समान आठ अंक जोडेका सातदोबाटो र हिमालयन शेर्पा क्लब क्रमषः पाँचौं र छैटौं स्थानमा छन् ।

लिगको सनसनीपूर्ण सुरुआत गरे पनि पछिल्ला खेलहरुमा सातदोबाटोको प्रदर्शन खस्कँदै गएको छ । पछिल्ला तीन खेलमा विजयरहित रहेको टोलीले चौथो खेलमा न्युरोड टिम (एनआरटी)सँग १–० को नतिजा सुम्पिएको थियो भने पाँचौं खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग १–१ को बराबरी नतिजा निकालेको थियो । छैटौं खेलमा गत सप्ताहन्तमा जावलाखेल युथ क्लबसँग २–० ले पराजित भएको थियो ।

खराब मौसमका कारण हाम्रो यही खेलका लागि केन्द्रित अभ्यास प्रभावित भयो । तर हामीले पूरा लिगका १३ खेलका लागि तयारी गरेका थियौं । हामी यो खेल जित्ने एकमात्र लक्ष्य लिएर मैदान उत्रिनेछौं

ठीक विपरित कमजोर सुरुआत गरे पनि हिमालयन शेर्पा क्लबले भने पछिल्लो समय लय समाएको छ । चौथो खेलमा मछिन्द्रसँग ३–० को हार भोगेयता हिमालयन शेर्पा क्लबले लगातार दुई जित हासिल गरेको छ । पाँचौं र छैटौं खेलमा ब्रिगेड ब्वाइज र च्यासललाई ३–१ को समान अन्तरमा पराजित गर्दै हिमालयन शेर्पाले आफू फर्ममा आएको प्रमाण दिएको छ ।

तर केसी हिमालयन शेर्पामाथि जितका साथ पूरा तीन अंक हासिल गर्नेमा विश्वस्त छन् ।

एन्फाले अनिवार्य भनेको खेलअघिको पत्रकार सम्मेलनमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाकै नेतृत्वमा रहेको हिमालयन शेर्पा क्लबका प्रशिक्षक भने अनुपस्थित रहे ।

‘खराब मौसमका कारण हाम्रो यही खेलका लागि केन्द्रित अभ्यास प्रभावित भयो । तर हामीले पूरा लिगका १३ खेलका लागि तयारी गरेका थियौं । हामी यो खेल जित्ने एकमात्र लक्ष्य लिएर मैदान उत्रिनेछौं,’ उनले भने ।

एन्फाले अनिवार्य भनेको खेलअघिको पत्रकार सम्मेलनमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाकै नेतृत्वमा रहेको हिमालयन शेर्पा क्लबका प्रशिक्षक भने अनुपस्थित रहे । लिग नियमावलीअनुसार खेलपछिको पत्रकार सम्मेलनमा प्रत्येक टिमका प्रतिनिधि अनिवार्य उपस्थित हुनुपर्छ । तर खेलअघिको पत्रकार सम्मेलनबारे भने नियमावली मौन छ ।

अघिल्लो साता एन्फाले गरेको अन्तरक्रिया कार्यक्रममा एन्फा अध्यक्ष शेर्पा, महासचिव इन्द्रमान तुलाधर, लिग समितिका प्रमूख विज्ञानराज शर्मा तथा लिग निर्देशक मिश्रले यस्तो पत्रकार सम्मेलनमा सबै क्लबका प्रतिनिधि उपस्थित गराउने प्रतिबद्धता जाहेर गरेका थिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।