चैत्र १४, २०८२ शनिबार | ०५:४७:५१
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

लिभरपुललाई प्रिमियर लिगको उपाधि

काठमाडौं । लिभरपुलले प्रिमियर लिग २०२४–०२५ को उपाधि उचालेको छ । आइतबार राति भएको प्रिमियर लिगको ३४औं खेलमा टोटनहमलाई ५–१ ले पराजित गर्दै लिभरपुल चार खेलअघि नै विजयी भयो ।

३४ खेलमा ८२ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । समान खेलबाट ६७ अंकका साथ आर्सनल दोस्रो स्थानमा रह्यो । च्याम्पियन बन्ने क्रममा लिभरपुलले २५ खेल जितेको छ । मात्र दुई खेलमा पराजित भयो । ८० गोल गर्दा जम्मा ३२ गोल बेहोरेको छ । टोटनहम भने ३७ अंकसहित १६औं स्थानमा रह्यो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुलले पुनरागमन जित निकालेको हो । १२औं मिनेटमा डोमिनिक सोलान्केको गोलमा टोटनहमले अग्रता बनाएको थियो । चार मिनेटभित्रै लुइस डिआजले गोल गरेपछि लिभरपुल बराबरीमा फर्कियो ।

अर्जेन्टिनी स्टार एलिस्टर म्याक एलिस्टरले २४औं मिनेटमा २–१ को अग्रता दिलाएका हुन् । कोडी गाक्पोले ३४औं मिनेटमा गोल गर्दा लिभरपुल पहिलो हाफमै ३–१ को अग्रता बनाउन सफल भयो । मोहम्मद सलाहले ६३औं मिनेटमा गोल गर्दा ४–१ ले लिभरपुल अघि बढ्यो । ६९औं मिनेटमा डेस्टिनी उडोगीले आत्माघाति गोल गरेका थिए ।

लिभरपुलअघि म्यानचेष्टर सिटीले लगातार चार पटक उपाधि उचालेको थियो । सिटीले पछिल्लो आठ सिजनमा मात्रै ६ पटक उपाधि उचालेको हो । यसपटक भने टोलीको प्रदर्शन बिर्सनलायक रह्यो । टोली अझै शीर्ष चारमा रहन संघर्ष गरिरहेको छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो