माघ १५, २०८२ बिहीबार | १९:१०:४८
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

लिभरपुललाई प्रिमियर लिगको उपाधि

काठमाडौं । लिभरपुलले प्रिमियर लिग २०२४–०२५ को उपाधि उचालेको छ । आइतबार राति भएको प्रिमियर लिगको ३४औं खेलमा टोटनहमलाई ५–१ ले पराजित गर्दै लिभरपुल चार खेलअघि नै विजयी भयो ।

३४ खेलमा ८२ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । समान खेलबाट ६७ अंकका साथ आर्सनल दोस्रो स्थानमा रह्यो । च्याम्पियन बन्ने क्रममा लिभरपुलले २५ खेल जितेको छ । मात्र दुई खेलमा पराजित भयो । ८० गोल गर्दा जम्मा ३२ गोल बेहोरेको छ । टोटनहम भने ३७ अंकसहित १६औं स्थानमा रह्यो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुलले पुनरागमन जित निकालेको हो । १२औं मिनेटमा डोमिनिक सोलान्केको गोलमा टोटनहमले अग्रता बनाएको थियो । चार मिनेटभित्रै लुइस डिआजले गोल गरेपछि लिभरपुल बराबरीमा फर्कियो ।

अर्जेन्टिनी स्टार एलिस्टर म्याक एलिस्टरले २४औं मिनेटमा २–१ को अग्रता दिलाएका हुन् । कोडी गाक्पोले ३४औं मिनेटमा गोल गर्दा लिभरपुल पहिलो हाफमै ३–१ को अग्रता बनाउन सफल भयो । मोहम्मद सलाहले ६३औं मिनेटमा गोल गर्दा ४–१ ले लिभरपुल अघि बढ्यो । ६९औं मिनेटमा डेस्टिनी उडोगीले आत्माघाति गोल गरेका थिए ।

लिभरपुलअघि म्यानचेष्टर सिटीले लगातार चार पटक उपाधि उचालेको थियो । सिटीले पछिल्लो आठ सिजनमा मात्रै ६ पटक उपाधि उचालेको हो । यसपटक भने टोलीको प्रदर्शन बिर्सनलायक रह्यो । टोली अझै शीर्ष चारमा रहन संघर्ष गरिरहेको छ । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।