काठमाडौं । इङ्लिस प्रिमियर लिगमा आइतबार सहरी प्रतिद्धन्द्धी म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले गोलरहित बराबरीमा रोकिएका छन् ।
यो नतिजासँगै ३१ खेलमा ५२ अंक जोडेको सिटी पाँचौं स्थानमा छ । युनाइटेड समान खेलबाट ३८ अंकका साथ १३औं स्थानमा छ ।
म्यानचेस्टर डर्बी सन् २०१६ १७ को सिजनपछि पहिलो पटक गोलरहित बराबरीमा सकिएको हो ।युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्टमा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।
खेलको ५९औं मिनेटमा केभिन डी ब्रुएनको फ्रिकिकमा रक्षक भिक्टर लिन्डेलोफलाई लाग्दै आएको रिबान्डमा उमर मर्मोसले हाफ भली प्रहारलाई युनाइटेडका गोलपिकर आन्द्रे ओनानाले मुस्किलले बचाए । ७१औं मिनेटमा म्यानुएल उगार्टेको प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा युनाइटेडले अग्रता लिने अवसर गुमायो ।
युनाइटेडले ७७औं मिनेटमा गोल गर्ने अर्को अवसर प्राप्त गरेको थियो । जोशुआ जिर्कजीको प्रहारलाई सिटीका गोलकिपर एडरसनले पन्ज गर्दै बचाए । रिबाउन्डमा मेसन माउन्टको प्रहारलाई सिटीका रक्षक रिको लुइसले ब्लक गर्दै टोलीको संकट टारे ।
आइतबारै सम्पन्न अर्को खेलमा चेल्सी ब्रेन्टफोर्डसँग गोलरहित बराबरीमा रोकियो ।