वैशाख ५, २०८२ शुक्रबार | १५:३०:१९
उसु प्रो फाइट नाइटमा निश्चललाई स्वर्ण रग्बीको बन्द प्रशिक्षणमा ३७ खेलाडी दासुन शनाका गुजरातमा अनुबन्ध नेपालले बंगलादेशसँग कबड्डी शृंखला खेल्ने रोमाञ्चक जित निकाल्दै म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा लुम्बिनी कपले नयाँ स्टार जन्माउने अपेक्षा नेपालगञ्ज रंगशालामा फुटबल फर्काउँदै लुम्बिनी कप लुम्बिनी कपको उद्घाटन आजः अञ्जनाविनाको आर्मी सुदूरपश्चिमसँग खेल्दै मुम्बईको तेस्रो जित लुम्बिनी कपः पत्रकारका लागि रिपोर्टिङ कार्यशाला उसु प्रो फाइट नाइटमा निश्चललाई स्वर्ण रग्बीको बन्द प्रशिक्षणमा ३७ खेलाडी दासुन शनाका गुजरातमा अनुबन्ध नेपालले बंगलादेशसँग कबड्डी शृंखला खेल्ने रोमाञ्चक जित निकाल्दै म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा लुम्बिनी कपले नयाँ स्टार जन्माउने अपेक्षा नेपालगञ्ज रंगशालामा फुटबल फर्काउँदै लुम्बिनी कप लुम्बिनी कपको उद्घाटन आजः अञ्जनाविनाको आर्मी सुदूरपश्चिमसँग खेल्दै मुम्बईको तेस्रो जित लुम्बिनी कपः पत्रकारका लागि रिपोर्टिङ कार्यशाला

चितवनलाई पहिलो हार चखाउँदै ललितपुर उक्लियो शीर्ष स्थानमा

काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत चितवन एफसीविरुद्ध २–१ को रोमाञ्चक जित हासिल गर्दै साविक विजेता ललितपुर सिटी एफसी अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ललितपुरको जितमा फरवार्ड इमो एजिकिल र मिडफिल्डर मणि लामाले गोल गरे । चितवनका लागि भिक्टर मानसारेले गोल गरे ।

इमो एजिकिलले पहिलो हाफको दोस्रो मिनेटमै सेटपीसको फाइदा उठाउँदै ललितपुरलाई अग्रता दिलाएका थिए । एजिकिलले लेफ्ट साइडबाट आएको मणिको फ्रिकिक क्रसमा हेडर गोल गरे । एजिकिलको हेडर बल चितवनका गोलकिपर अमाल नाइटलाई बिट हुँदै दोस्रो बारको जाली चुमेको थियो ।

एक गोलले पछाडि परेको चितवनले त्यसपछि ललितपुरमाथि दबाब सृजना गर्यो । अन्ततः खेलको ७४औं मिनेटमा चितवनले बराबरी गोल फर्कायो । मिडफिल्डर शिशिर लेखीको पासमा जय गुरुङको प्रहार ललितपुरको रक्षापङ्क्तिले क्लियर गर्न नसक्दा त्यसको फाइदा मानसारेले उठाए । मानसारेले वैकल्पिक गोलकिपर समित श्रेष्ठलाई बिट गर्दै सहज गोल गरे ।

खेलको ८०औं मिनेटमा ललितपुरले अर्को सेटपीस अवसरमा गोल गर्यो । यसपाली मणिको प्रहार सिधै गोलमा परिणत भयो । मणिले बक्स नजिकैबाट गरेको शक्तिशाली प्रहारले सोझै दोस्रो बारको जाली चुमेको थियो । यसअघि एजिकिललाई जयले लडाएपछि ललितपुरले फ्रिकिक अवसर पाएको थियो ।

जितसँगै ललितपुरले प्लेअफ समीकरणमा आफ्नो पकडलाई बलियो बनाएको छ । अपराजित ललितपुरको चार खेलबाट आठ अंक छ । प्रतियोगितामा चितवनको यो पहिलो हार हो । दुई खेल बाँकी रहँदा चितवनको चार खेलबाट सात अंक छ ।

प्रतियोगितामा भोलि पूर्व विजेता काठमाडौं रेजर्स र दुई पटकको उपविजेता धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
 


भिडियो
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders