नेपाल सुपर लिगमा बुधबार धनगढी एफसी र काठमाडौं रेजर्सले एफसी प्रतिस्पर्धा गर्दैछन् ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ । धनगढी चौथाे र काठमाडौं पाँचौं खेल खेल्दैछन् ।
तीन खेलमा पाँच अंक जोडेको धनगढी तेस्रो स्थानमा छ । यसअघि बुटवल लुम्बिनी एफसीविरुद्ध जित निकालेको धनगढीले ललितपुर सिटी एफसी र पोखरा एफसीसँग बराबरी खेलेको थियो ।
देवेन्द्र तामाङको कप्तानीमा रहेको धनगढी कृतिशरत्न छुन्जु, अहमद हिजाजी, काइसेडो, रनदीप पौडेलेजस्ता खेलाडीका साथ मैदान उत्रिने छ ।
काठमाडौं चार खेलमा पाँच अंकका साथ चौथो स्थानमा छ । ललितपुर र झापासँग बराबरी खेलेको काठमाडौंले पोखरासँग हार बेहोरेको थियो । पछिल्लो खेलमा भने काठमाडौंले बुटवल लुम्बिनी एफसीविरुद्ध जित निकालेको थियो ।
पछिल्लो खेलमा जित निकालेका काठमाडौं उच्च मनोबलका साथ मैदान उत्रिनेछ । कुलदीप कार्कीको कप्तानीमा रहेको काठमाडौंलाई, जिलेस्पीजंग कार्की, अमौडो डिओप, रोहन कार्की, भिसेन्ट कोजिएलोजस्ता खेलाडीले साथ दिनेछन् ।
एनएसएलमा यी दुईबीच चार खेल भएका छन् । जसमा धनगढीले दुई तथा काठमाडौंले एक खेल आफ्नो पक्षमा पारेका छन् । एक खेल भने बराबरीमा सकिएको छ ।
धनगढीले पहिलो सिजनको लिग चरणमा ३-० र क्वालिफायरमा २१ को जित निकालेको थियो । फाइनलमा भने धनगढी १-० ले पराजित भयो ।
दोस्रो सिजनमा यी दुईले १-१ को बराबरी खेलेका थिए ।