काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा बिहीबार दुई अपराजित टोली एफसी चितवन र ललितपुर सिटी एफसी प्रतिस्पर्धा गर्दैछन् ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।
चितवन तीन खेलबाट सात अंकसहित शीर्षस्थानमा छ भने साविक विजेता ललितपुर सामान खेलबाट पाँच अंक जाड्दै तेस्रो स्थानमा छ।
आजको खेल जित्न सके चितवनको प्ले अफ सम्भवना बलियो बन्नेछ । यदी जित हासिल गर्न सकेमा ललितपुर शीर्षस्थानमा पुग्नेछ ।
यसअघि पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीलाई पराजित गरेको चितवनले झापा एफसीसँग अंक बाँडेको थियो ।
यता काठमाडौं रेजर्स र धनगढी एफसीसँग बराबरी खेलेको ललितपुरले पोखरालाई हराएको थियो ।
चितवन अञ्जन विष्ट तथा ललितपुर अनन्त तामाङको कप्तानीमा मैदान उत्रिनेछन् ।
एनएसएलमा यी दुईबीच दुई खेल भएका छन् । जसमा ललितपुरले एक खेल जित्दा एक खेल बराबरीमा सकिएको छ ।
पहिलो सिजनमा यी दुईले १-१ को बराबरी खेलेका थिए । दोस्रो सिजनमा भने ललितपुरले ३-१ को सहज जित दर्ता गरेको थियो ।