असार १७, २०८२ मंगलबार | ११:५८:२८
रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध आर्यना साबालेन्का दोस्रो चरणमा फ्लुमिनेन्स क्वार्टरफाइनलमा, बाहिरियो इन्टर मिलान भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि नेपाली टोली श्रीलंका प्रस्थान थ्री स्टारले एन्फा यु-१६ युथ लिग नखेल्ने फुटबलर दीपा शाहीसहित १९ जना खेलकर्मी सम्मानित सोमपाल कामी कर्णाली याक्सकै जर्सीमा देखिने विम्बल्डनको पहिलो चरणबाटै बाहिरिइन् ओन्स जाबेउर रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध आर्यना साबालेन्का दोस्रो चरणमा फ्लुमिनेन्स क्वार्टरफाइनलमा, बाहिरियो इन्टर मिलान भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि नेपाली टोली श्रीलंका प्रस्थान थ्री स्टारले एन्फा यु-१६ युथ लिग नखेल्ने फुटबलर दीपा शाहीसहित १९ जना खेलकर्मी सम्मानित सोमपाल कामी कर्णाली याक्सकै जर्सीमा देखिने विम्बल्डनको पहिलो चरणबाटै बाहिरिइन् ओन्स जाबेउर

हिमाल र इभाना च्याम्पियन

काठमाडौं । होप्सका हिमाल विष्ट र एभीएमकी इभाना थापा दोश्रो राष्ट्रिय खुला जुनियर तथा भेट्रान टेबल टेनिस प्रतियोगिताको जुनियर यु-१९ मा बिहीबार च्याम्पियन बनेका छन् ।  हिमाल व्बाइज र इभाना गर्ल्स सिंगल्समा पहिलो भए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा हिमालले स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीका प्रवेश बस्नेतलाई ६-११, ११-६, ११-९, ११-६ को सेटमा पराजित गरे ।

गर्ल्सको उपाधि भिडन्तमा इभानाले एभिएमकै वियंका राईलाई ७-११, ११-१, ११-७, ११-९ को सेटमा हराइन् ।

मदन भण्डारी स्पोर्टस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा खोल्छा पुखुका समिप श्रेष्ठले स्वर्ण पदक जिते । उनले फाइनलमा इखाछें स्पोर्टस क्लबका मुकेश महर्जनलाई ११-९, ९-११, ११-९, ११-५ को सेटमा निरास बनाएका थिए ।

प्रतियोगितामा विभिन्न सात स्पर्धामा प्रतिस्पर्धा भएको थियो । यसअघि यु-१५ सिंगल्सको ब्वाइजमा एभिएमका जयस्नु महर्जन र गर्ल्समा नेपाल प्रहरीकी शुभश्री श्रेष्ठ, भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा इखाछेंका निसान श्रेष्ठ तथा ६० वर्षमाथि पुरुष सिंगल्समा रजन सुब्बाले स्वर्ण पदक जितेका थिए ।

विजेतालाई आयोजक एकेडेमीका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, राखेपका सदस्य जगतसिंह धामी र डा. मधुसुधन सुवेदी, प्रतियोगिता संयोजक धर्ममान वज्राचार्य, टेबल टेनिस खेलाडी च्य नविता श्रेष्ठलगायतले रे ।

चार दिने प्रतियोगितामा २५० खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ । सातै स्पर्धाका शीर्ष तीनले क्रमशः १० हजार, ५ हजार र २ हजार ५०० रुपैयाँ हात पारे ।


भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3