काठमाडौं । एसी मिलान इटालियन सिरी ‘ए’ मा आइतबार घरेलु मैदानमै लाजियोसँग २-१ ले पराजित भएको छ ।
जितसँगै २७ खेलमा ५० जोडेको लाजियो चौथो स्थानमा छ । पराजित मिलान समान खेलबाट ४१ अंकका साथ नवौं स्थानमा छ ।
सान सिएरोमा पाहुना टोली लाजियोलाई जित दिलाउन माटिया जाक्काग्नी र पेड्रोले गोल गरे । मिलानका लागि स्यामुएल चुकवेजले गोल फर्काए ।
खेलको २८औं मिनेटमा जाक्काग्नीको गोलमार्फत लाजियोले अग्रता लिएको थियो । स्ट्राहिन्जा पाव्लोभिचले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि ६७औं मिनेटमा मिलान १० खेलाडीमा समेटिएको थियो ।
चुकवेजले ८४औं मिनेटमा मिलानका लागि बराबरी गोल गरे । इन्जुरी समयमा पेड्रोले पेनाल्टीमार्फता गोल गर्दै लाजियोलाई २-१ को रोमाञ्चक जित दिलाए ।
भिडियो
MADHYAPUR YOUTH ASSOCIATION : भक्तपुरको फुटबल अभियान I TEAM PROFILE I MARTYR'S MEMORIAL B DIVISION
BRIGADE BOYS घरेलु फुटबलको आरोहअवरोहमा रुमल्लिएको क्लब I TEAM PROFILE I MARTYR'S MEMORIAL B DIVISION
Italian Legendary Goalkeeper Gianluigi Buffon: नेपाल आउने सानैदेखिको सपना पूरा भयो ।
ARMY संगको खेल संधै VITAL हुन्छ : BISHAL SHRESTHA , CAPTAIN MACHINDRA CLUB
Team Work ले गर्दा FINAL सम्म पुग्न सफल भएका हौँ : Gillespy Jung Karki Captain, TAFC
Machindra FC बलियो छ, हामी हराउँन तयार छौंः Megh Raj Kc CAOACH TAFC
RCT CLUB लाई इतिहासले घच–घच्याइरहन्छ I TEAM PROFILE I Martyr's Memorial B Division league