काठमाडौं । रियाल सोसिडाडविरुद्ध ४-० को सहज जित दर्ता गर्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।
जितसँगै बार्सिलोनाले २६ खेलमा ५७ अंक जोडेको छ । यो दोस्रो स्थानको एटलेटिको मड्रिडकोभन्दा एक अंक बढि हो । पराजित सोसिडाड समान खेलबाट ३४ अंकका साथ नवौं स्थानमा छ ।
आइतबार ओलिम्पिक लुइस कम्पनिज रंगशालामा घरेलु टोली बार्सिलोनालाई जित दिलाउन जेरार्ड मार्टिन, मार्क क्यासडो, कप्तान रोनाल्ड अरउजो र रोबर्ट लेवान्डोवस्कीले गोल गरे ।
खेलको २५औं मिनेटमा मार्टिनको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । चार मिनेटपछि नै क्यासडोलेले टोलीको अग्रता दोब्बर बनाए ।
अरउजो ५६औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरे। ६०औं मिनेटमा लेवान्डोवस्कीले गोल गर्दै बार्सिलोनालाई ४-० को सहज जित दिलाए ।
भिडियो
MADHYAPUR YOUTH ASSOCIATION : भक्तपुरको फुटबल अभियान I TEAM PROFILE I MARTYR'S MEMORIAL B DIVISION
BRIGADE BOYS घरेलु फुटबलको आरोहअवरोहमा रुमल्लिएको क्लब I TEAM PROFILE I MARTYR'S MEMORIAL B DIVISION
Italian Legendary Goalkeeper Gianluigi Buffon: नेपाल आउने सानैदेखिको सपना पूरा भयो ।
ARMY संगको खेल संधै VITAL हुन्छ : BISHAL SHRESTHA , CAPTAIN MACHINDRA CLUB
Team Work ले गर्दा FINAL सम्म पुग्न सफल भएका हौँ : Gillespy Jung Karki Captain, TAFC
Machindra FC बलियो छ, हामी हराउँन तयार छौंः Megh Raj Kc CAOACH TAFC
RCT CLUB लाई इतिहासले घच–घच्याइरहन्छ I TEAM PROFILE I Martyr's Memorial B Division league