फाल्गुन १९, २०८१ सोमबार | १९:३४:५४
ललितपुर फाइनलमा धनगढी एफसीको ‘ट्यालेन्ट हन्ट’ बाट छानिए चार खेलाडी नेपाललाई साफ च्याम्पियनसिप दिलाउन चाहन्छुः म्याट रस केपी ओली कपका विधागत उत्कृष्टले यामाहाको मोटरसाइकल पनि पाउने प्रधानमन्त्री ओली र बुफोनबीच भेटवर्ता हरि खड्का झापाको ब्रान्ड एम्बासडर उपाधिका लागि भिड्दै मछिन्द्र र आर्मी इन्टर मियामीको सहज जित एसी मिलान घरेलु मैदानमै पराजित एफए कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड ललितपुर फाइनलमा धनगढी एफसीको ‘ट्यालेन्ट हन्ट’ बाट छानिए चार खेलाडी नेपाललाई साफ च्याम्पियनसिप दिलाउन चाहन्छुः म्याट रस केपी ओली कपका विधागत उत्कृष्टले यामाहाको मोटरसाइकल पनि पाउने प्रधानमन्त्री ओली र बुफोनबीच भेटवर्ता हरि खड्का झापाको ब्रान्ड एम्बासडर उपाधिका लागि भिड्दै मछिन्द्र र आर्मी इन्टर मियामीको सहज जित एसी मिलान घरेलु मैदानमै पराजित एफए कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

सर्यो लुम्बिनी कप, अब बैशाखमा हुने

प्रतियोगिता सरेको जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

नेपालगन्ज । लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको आयोजना मिति सरेको छ । फागुन १९ देखि २९ गते सम्म नेपालगन्ज रंगशालामा हुने तय थियो ।

आयोजक अन्तरारले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता अब आगामी वैशाख ५ देखि १५ गतेसम्म हुने जानकारी दियो ।

अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले प्राविधिक कारणले प्रतियोगिताको मिति सार्नु परेको बताए । उनले भने, ‘प्राविधिक कारणले प्रतियोगिताको आयोजना मिति सरेको छ । अब नयाँ मितिमा आयोजना हुने प्रतियोगितालाई हामी भव्य बनाउने प्रयास गर्नेछौं । मैदानको स्तर उन्नती र स्थानीय खेलाडीको लागि प्रशिक्षणको लागि केहि समय मिलेको छ । यसले प्रतियोगितालाई अझ स्तरीय र व्यवस्थापनमा पनि राम्रो गर्न सहयोग गर्नेछ ।’

अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको समन्वयमा हुन लागेको लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण फुटबलले महिला फुटबलको स्तरलाई माथि उकास्न  सहयोग गर्ने आयोजकले विश्वास लिएको छ ।

प्रतियोगितामा स्थानीय बाँके जिल्लासहित आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगितालाई लक्षित गरेर बाँके जिल्ला फुटबल संघले खेलाडी छनोट र प्रशिक्षण कार्यक्रमलाई अगाडि बढाइरहेको बाँके जिल्ला फुटबल संघका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले जानकारी दिए ।

अहिले नेपालगन्ज रंगशालाको मैदानमा घाँस उर्माने कार्य भैरहेको छ । प्रतियोगिता अवधिसम्म मैदानलाई राम्रो बनाइने आयोजकले बताएको छ ।  


भिडियो
MADHYAPUR YOUTH ASSOCIATION : भक्तपुरको फुटबल अभियान I TEAM PROFILE I MARTYR'S MEMORIAL B DIVISION
BRIGADE BOYS घरेलु फुटबलको आरोहअवरोहमा रुमल्लिएको क्लब I TEAM PROFILE I MARTYR'S MEMORIAL B DIVISION
Italian Legendary Goalkeeper Gianluigi Buffon: नेपाल आउने सानैदेखिको सपना पूरा भयो ।
ARMY संगको खेल संधै VITAL हुन्छ : BISHAL SHRESTHA , CAPTAIN MACHINDRA CLUB
Team Work ले गर्दा FINAL सम्म पुग्न सफल भएका हौँ : Gillespy Jung Karki Captain, TAFC
Machindra FC बलियो छ, हामी हराउँन तयार छौंः Megh Raj Kc CAOACH TAFC
RCT CLUB लाई इतिहासले घच–घच्याइरहन्छ I TEAM PROFILE I Martyr's Memorial B Division league