काठमाडौं । एसी मिलानले इटालियन सिरी ‘ए’ मा शनिबार भिरोनाविरुद्ध १-० को कठिन जित दर्ता गरेको छ ।
जितसँगै २४ खेलमा ४१ अंक जोडेको मिलान सातौं स्थानमा छ । पराजित भिरोना २५ खेलबाट २३ अंकका साथ १५औं स्थानमा छ ।
सान सिएरोमा घरेलु टोली मिलानलाई जित दिलाउन स्यान्टियागो गिमिनेजले गरेको एकमात्रै गोल निर्णायक बन्यो । उनले खेलको ७५औं मिनेटमा राफेल लियोको पासलाई पोस्टको दिशा दिएका थिए ।
लिगअन्तर्गत शनिबारै सम्पन्न अन्य खेलमा बोलाग्ना टोरिनोविरुद्ध ३-२ को जित दर्ता गर्दा लाजियो नापोलीसँग २-२ तथा एटलान्टा काग्लियारीसँग गोलरहित बराबरीमा रोकिए ।
भिडियो
मेचीनगर गोल्डकपले हामी सबैलाई गौरवान्वित बनाएको छ ।I ASHOK KUMAR RAI II 1ST VP II MECHINAGAR GOLDCUP
HIGHLIGHTS II CHURCH BOYS UNITED 4-3 MACHHINDRA FC II MECHINAGAR GOLDCUP II SEMI FINAL
MACHHINDRA FC VS CHURCH BOYS UNITED FC II MECHINAGAR GOLDCUP SEMI FINAL
HIGHLIGHTS-KAKARVITTA FTC VS DHARAN FC I MECHINAGAR GOLDCUP SEMI FINAL I KAKARVITTA WON IN PENALTIES
PENALTY SHOOT OUT II KAKARVITTA FTC VS DHARAN FC II MECHINAGAR GOLDCUP II SEMIFINAL
मछिन्द्र र चर्च ब्वाइज दुवै बलिया छन्, फाइनलमा जो आए पनि जित्न खेल्छौँ, Munna Subba Coach Kakarvitta
KAKARVITTA FOOTBALL TRAINING CENTRE VS DHARAN FC II MECHINAGAR GOLDCUP II FIRST SEMI FINAL