वैशाख २६, २०८२ शुक्रबार | ११:५७:०५
पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती

आर्मीको विजयी यात्रा जारी

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ ।

बिहीबार एक्ट्राटेक अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आर्मीले कर्णालीविरुद्ध १२७ रनको फराकिलो जित जित निकाल्यो ।

जितसँगै तीन खेलमा ६ अंक जोडेको आर्मी  शीर्षस्थामा  छ । पराजित कर्णाली समना खेलबाट दुई अंकका साथ छैटौं स्थानमा  छ ।

आर्मीले प्रस्तुत गरेको २६३ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.१ ओभरमा १३५ रनमै समेटियो ।

कर्णालीका लागि प्रकाश जैसीले ७२ बलमा चार छक्का र दुई चौकाको मद्दतले अविजित ५० रको योगदान गरे । यसैगरी विपिन रावतले २३, दिनेश अधिकारीले २२ र विपिन शाहीले १२ रन बनाए ।  

आर्मीका लागि शहाब आलमले तीन तथा सोमपाल कामी, आकाश चन्द र कुशल मल्ले समान दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै  २६२ रनको योगफल तयार पारेको थियो ।

आर्मीका लागि तृतरान दासले ८४ बलमा १० चौकाको मद्दतले सर्वाधिक ६९ रनको योगदान गरे । यसैगरी कप्तान विनोद भण्डारीले ६४ बलमा चार चौका र दुई छक्काको मद्दतले ५६, भीम सार्कीले ४०, बसिर अहमदले ३६, सोमपाल कामीले १३ र सन्तोष कार्कीले ११ रन बनाए ।

दोस्रो विकेटका लागि तृतराज र भीमले ७६ तथा चौथो विकेटका लागि विनोद र बसिरले ५८ रनको साझेदारी गरे ।

कर्णालीका लागि  प्रकाश जैसीले चार, दिनेश अधिकारीले तीन र सुनिल धमलाले दुई विकेट लिए ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP