काठमाडौं । बोरुसिया डर्टमन्डले युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्सिलोनाको सामना गर्नेछन् ।
बुधबार डर्टमन्डले अन्तिम-१६ को दोस्रो लेगमा घरेलु टोली लिलविरुद्ध २-१ को जित निकाल्यो । समग्रमा डर्टमन्ड ३-२ ले विजयी भयो । पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो ।
डर्टमन्डलाई जित दिलाउन इमर क्यान र म्याक्सिमिलियन बेयरले गोल गरे । लिलका जोनाथन डेभिसले गोल गरे ।
खेलको पाँचौं मिनेटमा डेभिसको गोलमार्फत लिलले अग्रता लिएको थियो । ५४औं मिनेटमा क्यानले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
बेयरले ६५औं मिनेटमा गोल गर्दै डर्टमन्डलाई २-१ को रोमाञ्चक पुनरागमन जित दिलाए ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
