काठमाडौं । लिग लिडर पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च लिग वानमा आफ्नो अपराजित यात्रालाई २२ खेलसम्म पनि कायम राखेको छ । पिएसजीले शनिबार घरेलु टोली टुलुज एफसीविरुद्ध १-० को कठिन जित निकाल्यो ।
जितसँगै पिएसजीले २२ खेलबाट १७ जित र पाँच बराबरीसहित ५६ अंक जोडेको छ । पराजित टुलुज समान खेलबाट २७ अंकका साथ १०औं स्थानमा छ ।
डे टुलुज रंगशालामा फाबियन रुइजले गरेको एकमात्रै गोल पिएसजीलाई जित दिलाउन पर्याप्त बन्यो । विलियन पाचोको प्रहार बारमा लागेर फिर्किदा प्राप्त रिबाउन्डलाई पेनाल्टी बक्स भित्र निगरानीमा नरहेका रुइसले सहजै पोस्टको दिशा दिए ।
शनिबारै सम्पन्न अन्य खेलमा मोनाकोले नान्टेसविरुद्ध ७-१ तथा मार्सेले सेन्ट(एटिएनविरुद्ध ५-१ को जित निकाले ।
भिडियो
मेचीनगर गोल्डकपले हामी सबैलाई गौरवान्वित बनाएको छ ।I ASHOK KUMAR RAI II 1ST VP II MECHINAGAR GOLDCUP
HIGHLIGHTS II CHURCH BOYS UNITED 4-3 MACHHINDRA FC II MECHINAGAR GOLDCUP II SEMI FINAL
MACHHINDRA FC VS CHURCH BOYS UNITED FC II MECHINAGAR GOLDCUP SEMI FINAL
HIGHLIGHTS-KAKARVITTA FTC VS DHARAN FC I MECHINAGAR GOLDCUP SEMI FINAL I KAKARVITTA WON IN PENALTIES
PENALTY SHOOT OUT II KAKARVITTA FTC VS DHARAN FC II MECHINAGAR GOLDCUP II SEMIFINAL
मछिन्द्र र चर्च ब्वाइज दुवै बलिया छन्, फाइनलमा जो आए पनि जित्न खेल्छौँ, Munna Subba Coach Kakarvitta
KAKARVITTA FOOTBALL TRAINING CENTRE VS DHARAN FC II MECHINAGAR GOLDCUP II FIRST SEMI FINAL