काठमाडौं । बोरुसिया डर्टमन्ड जर्मन बुन्डेसलिगामा शनिबार रेलिगेसन क्षेत्रको बोचुमसँग २-० ले पराजित भएको छ ।
जितसँगै २२ खेलमा १४ अंक जोडेको बोचुम १७औं स्थानमा छ । पराजित डर्टमन्ड समान खेलबाट २९ अंकका साथ ११औं स्थानमा छ ।
भोनोभिया रुह्रस्टेडियनमा घरेलु टोली बोचुमलाई जित दिलाउन दुवै गोल जियोर्गोस मासोरासले गरे । दुवै गोल पहिलो हाफमा भएको थियो ।
मारोरासले खेलको ३३ र ३५औं मिनेटमा गोल गरेका थिए ।
लिगअन्तर्गत शनिबारै सम्पन्न खेलमा बोरुसिया मोन्चेनग्लाडबाचले युनियन बर्लिन तथा उल्भ्सबर्गले स्टुटगार्टविरुद्ध समान २-१ र फ्रेइबर्गले एफसी सेन्ट पाउलीविरुद्ध १-० को जित निकाले । लिग लिडर बायर्न म्युनिख भने बायर लेभरकुसनसँग गोलहित बराबरीमा रोकियो ।
भिडियो
मेचीनगर गोल्डकपले हामी सबैलाई गौरवान्वित बनाएको छ ।I ASHOK KUMAR RAI II 1ST VP II MECHINAGAR GOLDCUP
HIGHLIGHTS II CHURCH BOYS UNITED 4-3 MACHHINDRA FC II MECHINAGAR GOLDCUP II SEMI FINAL
MACHHINDRA FC VS CHURCH BOYS UNITED FC II MECHINAGAR GOLDCUP SEMI FINAL
HIGHLIGHTS-KAKARVITTA FTC VS DHARAN FC I MECHINAGAR GOLDCUP SEMI FINAL I KAKARVITTA WON IN PENALTIES
PENALTY SHOOT OUT II KAKARVITTA FTC VS DHARAN FC II MECHINAGAR GOLDCUP II SEMIFINAL
मछिन्द्र र चर्च ब्वाइज दुवै बलिया छन्, फाइनलमा जो आए पनि जित्न खेल्छौँ, Munna Subba Coach Kakarvitta
KAKARVITTA FOOTBALL TRAINING CENTRE VS DHARAN FC II MECHINAGAR GOLDCUP II FIRST SEMI FINAL