माघ ९, २०८१ बुधबार | १३:५०:२४
अस्ट्रेलियाले दियो नेपाललाई १४० रनको लक्ष्य पुलिसको जितमा नवीनको ह्याट्रिक अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै नेपाल स्वायटेक सेमिफाइनलमा एमबाप्पे जत्तिको खेलाडीलाई पनि गाह्रै प्लेअफअघि एपिएफलाई हराउने अन्तिम मौका अस्ट्रेलियाको सामना गर्दै नेपाल लिभरपुललाई तीन अंकको अग्रता ९ गोल भएको खेलमा बार्सिलोनाको रोमाञ्चक जित अल हिलाल शीर्ष स्थानमा यथावत अस्ट्रेलियाले दियो नेपाललाई १४० रनको लक्ष्य पुलिसको जितमा नवीनको ह्याट्रिक अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै नेपाल स्वायटेक सेमिफाइनलमा एमबाप्पे जत्तिको खेलाडीलाई पनि गाह्रै प्लेअफअघि एपिएफलाई हराउने अन्तिम मौका अस्ट्रेलियाको सामना गर्दै नेपाल लिभरपुललाई तीन अंकको अग्रता ९ गोल भएको खेलमा बार्सिलोनाको रोमाञ्चक जित अल हिलाल शीर्ष स्थानमा यथावत

प्लेअफअघि एपिएफलाई हराउने अन्तिम मौका

एन्फा राष्ट्रिय महिला लिग २०२४/२५ अन्तर्गत एपिएफ क्लबविरुद्ध बल अगाडि बढाउँदै त्रिभुवन आर्मी क्लबकी फरवार्ड अमिषा कार्की, तस्विर सौजन्यः एन्फा ।

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत सुपर स्टेजको दोस्रो चरणमा बुधबार विभागका दुई टोली त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब आमने-सामने हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

प्लेअफअघिको यो अन्तिम खेल केवल एउटा औपचारिकता मात्र रहनेछ । खेलको नतिजाले अंकतालिकामा कुनै असर पार्ने छैन । किनभने यति महत्वपूर्ण खेल बाँकी छँदै लिगको प्लेअफ समीकरण पूरा भइसकेको छ । क्वालिफायर १ मा यिनै दुई टोलीले एकआपसमा खेल्ने पक्का भइसकेको छ । त्यस्तै इलिमिनेटरमा अर्को विभागीय टोली नेपाल पुलिसले बागमती युवा क्लबको सामना गर्ने समीकरण बनिसकेको छ । यस्तोमा बहुप्रतिक्षित हुने आंकलन गरिएको यस खेलमा रोमाञ्चकताको कमी हुने सम्भावना बढी छ ।

लिगमा एक खेल पनि नहारेको एपिएफ जितको प्रबल दाबेदार हो । एपिएफले लिगमा आर्मीलाई यसअघि दुई चोटी हराइसकेको छ । त्यसैले सोमबार अनपेक्षित नतिजाको आशा गर्न सकिन्न । आर्मीलाई भने प्लेअफअघि एपिएफलाई हराउने अन्तिम अवसर छ । बुधबारको जितले आर्मीलाई प्लेअफमा केही हदसम्म सजिलो हुनेछ । 

एन्फा राष्ट्रिय महिला लिग अन्तर्गत त्रिभुवन आर्मीकी मिडफिल्डर पुनम जर्घा मगर(हरियो जर्सी) र एपिएफ क्लबकी मिडफिल्डर रेनुका नगरकोटे मैदानमा प्रतिस्पधा गर्दै, तस्विर सौजन्यः एन्फा ।

आउने दिनमा जति जतिबेला यो सिजनको कुरा हुनेछ, त्यतिबेला अवश्य पनि आर्मी र एपिएफको प्रतिद्धन्द्धिताका बारेमा चर्चा हुनेछन् नै । यस्तोमा आर्मी पनि लिग चरणमा आफूले एपिएफविरुद्ध खेलेका तीनवटै खेलमा हार बेहोर्नुपरेको इतिहास सुन्न चाहँदैन । एक खेल हारिन्छ, दोस्रो खेलमा पनि नतिजा आफ्नो पक्षमा नआउला, तेस्रोमा त जितिन्छ नि ? जित्न नसके रोक्न त सकिएला नि ? आर्मीलाई बुधबार बराबरीको नतिजाले पनि सन्तुष्टि मिल्नेछ ।

एपिएफविरुद्ध लिगको पहिलो चरणमा २-१ काे हार बेहाेरेकाे आर्मी सुपर स्टेजको पहिलो लेगमा पनि ३-१ ले निराश बनेको थियो । पछिल्लो खेलमा एपिएफका लागि कप्तान अनिता बस्नेतले दुई असिस्ट र एक गोल गरेकी थिइन् । विभागीय डर्बीमा विंगर अनिताले प्रेरणादायी प्रदर्शन गर्दै आएकी छन् । एपिएफले पुलिसविरुद्ध ६-० को जित दर्ता गर्दा अनिताले ह्याट्रिक गरेकी थिइन् । आर्मीविरुद्ध एपिएफका लागि हेर्नलायक खेलाडी अनिता नै हुन् ।

आर्मीको सकारात्मक नतिजामा फरवार्ड अमिषा कार्कीको भूमिका महत्वपूर्ण रहन सक्छ । पछिल्लो खेलमा अमिषाले एपिएफको रक्षापङ्क्तिलाई केही हदसम्म गाह्रो बनाएकी थिइन् । विभागीय जिम्मेवारीका कारण अमिषाले सुपर स्टेजका अधिकांश खेल गुमाएकी छन् । विभागीय डर्बीमा भने आर्मीले अमिषालाई मैदानमा उतारेको छ ।


भिडियो
गौरीटार अब नेपाली खेलकुदको हब बन्दै II GAURITAR CENTRAL ACADEMY II FOOTBALL II CRICKET II VOLLEYBALL
WORLD CUP मा MEDAL जितेर फर्केका KHO KHO टोलीले कति पाउँछ पुरस्कार ? खेलकुद ऐनले के भन्छ ?
World Cup मा Medal जितेर फर्केका Kho Kho टोलीको भव्य स्वागत II KHO KHO WCUP 2025
विश्वकपमा ऐतिहासिक पदक जित्ने टिमको पुरस्कार दिन ढिलाई हुन्नः सदस्यसचिव घिसिङ II KHo KHO II WORLDCUP
विश्वकपको उपविजेता पदकधारी दीपा बिक भन्छिन्ः अब खो खोलाई हेर्ने नजर फेरिन्छ II Kho KHO II WORLDCUP
विश्वकपमा ऐतिहासिक उपविजेताको पदक जितेर फर्केका समिर भन्छन्ः यो उपलब्धि मेरो मन पर्ने मान्छेलाई
विश्वकपमा उपविजेता भएर फर्केपछि खो खो खेलाडी निशा शाही भन्छिन्ः अब सबैले चिन्ने भए