काठमाडौं । लिभरपुलले युरोपियन च्याम्पियन्स लिगमा तीन अंकको अग्रता कायम राखेको छ । मंगलबार राति भएको खेलमा इङ्लिस क्लब लिभरपुलले फ्रेन्च टोली लिललाई २-१ ले हरायो ।
एनफिल्डमा भएको खेलमा लिभरपुललाई जिताउन मोहम्मद सलाह र हार्भे एलिओटले समान एक गोल गरे । १० खेलाडीमा सिमित लिलको लागि जोनाथन डेविडले एक गोल फर्काएका हुन् ।
जितपछि ७ खेलमा शीर्ष स्थानको लिभरपुलको २१ अंक छ । बार्सिलोना च्याम्पियन्स लिगको दोस्रो स्थानमा उक्लियो । पाँच खेल जितेको बार्सिलोनाको १६ अंक छ ।
राति नै ९ गोल भएको खेलमा बार्सिलोनाले बेन्फिकालाई ५-४ ले पराजित गरेको छ । पोर्चुगलमा भएको युरोपियन च्याम्पियन्स लिगमा बार्सिलोनाले रोमाञ्चक कमब्याक गर्दै तीन अंक जोडेको हो ।
बार्सिलोनाको जितमा रोबार्टाे लेवान्डोस्की र राफिन्हाले समान दुई गोल गरेका थिए । ६८औं मिनेटसम्म ४-२ ले पछि परेको बार्सिलोनाले खेलमा उत्कृष्ट पुनरागमन जित निकाल्यो ।