ललितपुर । चाबहिल भेट्रान, थर्ड आइ क्लब, आइयुएफसी र आयोजक कुसुन्ती ‘बी’ दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा बिहीबार क्वार्टरफाइनल प्रवेश गरेको छन् ।
जावलाखेल मैदानमा चाबहिलले साबिक विजेता कुपन्डोल ४० प्लस भेट्रानलाई ३-० ले निरास बनायो । चावहिलका अजब श्रेष्ठले दुइ तथा राजनलाल नेपालीले एक गोल गरे ।
श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ द्वारा संयुक्त आयोजित प्रतियोगितामा थर्ड आइले आयोजक कुसुन्ती ‘ए’ लाई १-० ले हरायो । विश्व बैरागीले गरेको एकमात्र गोल थर्ड आइलाई जित दिलाउ पर्याप्त बन्यो ।
आइयुएफसीले वि आर ब्रडर्सलाई ४-१ ले पराजित गर्यो । विजयी टिमका लागि यम गुरुङले दुई तथा विनोद महर्जन र कुमार शाहीले समान एक गोल गरे ।
कुसुन्ती ‘बी’ ले बूढानीलकण्ठ भेट्रानलाई २-० निरास बनयो । कुसुन्ती ‘बी’ का लागि दुवै गोल कृष्णबहादुर राईले गरे ।
क्वार्टरफाइनल पुग्ने बाँकी चार टिमको टुंगो शुक्रबार लाग्ने छ ।